२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

एक करोड ९ लाख सहित ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बुधबार, बैशाख २४, २०७७

राजेश शर्मा, बिराटनगर, २४ बैशाख । भन्सारमा खटिएको सशस्त्र प्रहरीले नियमित चेकजाच को क्रम्मा ठूलो परिमाणमा भारतीय रुपैयाँ बरामद गरेको छ । भारतको सुपौलबाट आएको खाली ट्रकबाट प्रहरीले चेकजाँचको क्रममा मंगलबार एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसरबाट १ करोड ९ लाख ७९ हजार ५ सय ३० रुपैयाँ भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।

बरामद रकममध्ये ५ सय दरका २१ हजार ९ सय ५५ थान नोट रहेको छ । भारतको सुपौलबाट आएको डब्लूबी ७३ ई ७६३५ नम्बरको खाली ट्रक खानतलासी गर्दा कार्टुनमा राखिएको अवस्थामा रकम बरामद भएको हो ।

अत्यावश्यक वस्तुको ढुवानको नाममा उक्त ट्रक भारतबाट भित्रिएको ट्रकका चालक पप्पु कुमार र सहचालक रबि शर्मालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ । बरामद रकम कसले भित्र्याएको हो भन्ने अनुसन्धान भइहरेको प्रहरीको भनाइ छ ।

खाली गाडी भएका कारण भारतीय पक्षले परीक्षण नगरी नेपाल प्रवेशको अनुमति दिएको थियो । नेपालमा भने जाँच गर्दा बोराभित्र राखेको कार्टुनमा गुट्खाको र्र्यापरले बेरेको अवस्थामा रकम बरामद भएको सशस्त्र प्रहरीका एसपी नेत्र कार्कीले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीको टोलीले रकम बरामद गरेको विराटनगर भन्सारका प्रमुख शिव भण्डारीले पुष्टी गर्नुभएको छ । सो रकम हुण्डी कारोवारीले ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पदबाट कुनै हालतमा राजीनामा नदिने बताएका छन् । नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम मुख्यमन्त्री कार्कीले संविधानको रक्षा र जनताको हक अधिकार स्थापित गर्न सरकार निर्माण गरेको बताए । मुख्यमन्त्री कार्कीले सबै दललाई नयाँ वर्ष २०८१ मा सर्वदलीय सरकार […]

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश लगातार छैटौं खेलमा पनि पराजित भएको छ । गण्डकीले जितको लागि दिएको १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा कोशी १५.२ ओभरमा २५ रन मात्र बनाउदै अलआउट भयो । कोशीका कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यो प्रधानमन्त्री कप इतिहासकै सबैभन्दा कम योगफल […]