
मनोज बनैता, सिरहा, १ जेठ । उपभोक्ताको स्वास्थलाई ख्याल गर्दै सिरहा गोलबजारका सुपरमार्केट एबी मलले म्याद नाघेका पेय पदार्थ नष्ट गरेका छन । लकडाउनको बेलामा सिरहाका अधिकान्स ब्यापारी ले म्याद नाघेको सामान बिक्रीवितरण गरिएको व्यापक गुनासो आईरहेको बेला एबी मलले आफैं एक्सपायर सामान डिस्पोज गरेका हुन ।
सुपरमार्केटका म्यानेजर पिन्टु राउतका अनुसार लकडाउनको अवस्थामा उपभोक्ताहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै म्याद गुज्रेका २५० मिलि ,५०० मिलि लगायत २ लिटर २५ मिलि लिटरका पेप्सी, मिरिन्डा, सेभेन अप लगायतका पेयपदार्थ गोलबजार नगरपालिका ,गोलबजार ब्यापार संघको उपस्तिथिमा डिस्पोज गरेका छन ।
राउत ले भने कि “हामी साबुन-पानि ,सेनीटाइजरको व्यवस्थापन सहित सामाजिक दुरी कायम गरि २ /२ मिटरको दुरीमा गोलो घेरा बनाई सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी, संचारकर्मी लगायत अन्य उपभोक्ताका लागि सुलभ दरमा खाद्यान सामग्री उपलब्ध गराई रहेका छन।”
लकडाउनको अवस्थामा बजारमा कालोबजारी बढेपछि सरोकारबालाहरुको छलफल पश्चात सामाजिक दुरी कायम गरि बाहिरै एक -एक पिस खाद्यान सामग्रीहरु डीसप्ले गरि ८ जना कर्मचारी खटाई ग्राहक वर्ग लाई सुलभ दरमा खाद्यान सामग्रीहरु २०७६ चैत्र १५ गते देखि नै उपलब्ध गराई रहेको जानकारी समेत राउत ले दिए ।