२३ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

मुख्यमन्त्री राउतद्वारा उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन

Logo
प्रकाशित शनिबार, जेठ ०३, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,३ जेठ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसबाट प्रभावित पर्सा, वीरगञ्जको आज अनुगमन गर्नुभएको छ । उहाँले यस प्रदेशको वीरगञ्ज कोरोना सङ्क्रमणबाट अतिप्रभावित भइरहेको अवस्थामा आज कोरोना सङ्क्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो ।

प्रदेशमा कोरोना सङ्क्रमित १०७ जना छन् । सोमध्ये अहिले ८६ जनाको वीरगञ्जमा उपचार भइरहेको छ । सो अवसरमा उहाँले पर्साको समग्र वस्तुस्थितिबारे जानकारी लिनुका साथै सरकारले गर्नुपर्ने कामका विषयमा सरोकारवालासँग सल्लाह गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी गराउनुभयो ।

प्रदेशअन्तर्गतका क्वारेन्टाइन र आइसोलेशनको अवस्थाका साथै समस्याबारे जानकारी लिँदै मुख्यमन्त्री राउतले आगामी दिनमा सङ्क्रमित थपिने सम्भावना रहेको र विदेशबाट नागरिकलाई फिर्ता ल्याएपछि उत्पन्न अवस्थाबारे पूर्वतयारीको सम्बन्धमासमेत छलफल गर्नुभएको थियो ।

सरकारले सबै जिल्लामा थप क्वारेन्टाइन स्थापनाका लागि गरेको निर्णयको कार्यान्वयनको सम्भावित स्थलको पहिचान गर्नुपर्ने विषयमा जोड दिँदै उहाँले राजनीतिक दल र सरोकारवालासँग समन्वय तथा सहकार्यका लागि निर्देशन दिनुभयो ।

उक्त छलफलमा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरे, प्रजिअ विष्णुबहादुर कार्की, नारायणी अस्पताल वीरगञ्जका प्रमुख मदन उपाध्याय, प्रहरी उपरीक्षक गङ्गा पन्त र नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानको सहभागिता थियो । उक्त अवसरमा मुख्यमन्त्री राउतले पर्साको पोखरिया अस्पताललाई एम्बुलेन्स खरिदका लागि रु ३१ लाख २५ हजारको चेक हस्तानन्तरण गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]