मनोज बनैता, सिरहा, ५ जेठ । मृत्यु पछि कोरोना को ट्याग लगाएर पन्छिन नमिल्ने भन्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं महासंघ सिरहाका पुर्व सभापति देवकुमार यादवले सरकार प्रति असन्तुष्टि जाहेर गरेका छन ।
यादवले बाँकेमा बसेका राज्यका मुखिया सिडियोलाई छानबिन गरी कारबाही गर्न सरकार संग माग गरेका छन । उनले भने ‘के लास गन्दै समवेदना दिन हामी बसेको हो र ? उदाहरण दिदै उनले भने कि नजिकैको देशमा रोकिरहेको ट्रक पल्टिएर मजदुरहरु ले मृत्युवरण गर्दा तत्काल नै सुरक्षाको उच्च अधिकार हरु लाई निलम्बन गरेर कारबाही अगाडि बढाएको छ । हाम्रा मुखियाहरु लाई यस्तो गम्भीर लापरबाही मा किन कारबाही नभएको ?
बिजुली पोल चढ्ने कर्मचारीले पिपिई लगाउने,एम्बुलेन्सले यात्रु र गाँजा बोक्ने ,संक्रमणको नाममा स्वास्थ्यकर्मी ले दोबर भत्ता पाउने जस्तो अवस्था सृजना हुनु यो देशकोलागि बिडम्बना भएको यादवको भनाई छ । उनले भने समान्य बान्ता आएपछि पिपिई,एम्बुलेन्स र स्वास्थ्यकर्मी को अभाव देखाउँदै मृत्युवरण गर्दा हामी चुप बस्नु परेको अवस्था छ । उनको प्रश्न छ ‘के राज्यका सबै संयंत्र एउटै रोगीमा फेल भएकै हो त?