११ बैशाख २०८१, मंगलबार
23-04-2024 , Tue
×

प्रदेश सभा सदस्य अशोक यादवसंग प्रशासनले गरेको दुर्ववहारले पुन: नश्लियता झल्कियो

Logo
प्रकाशित सोमबार, जेठ ०५, २०७७

सिरहा, ५जेठ । जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य माननिय अशोक कुमार यादवसंग प्रशासनले गरेको दुर्व्यहारले पुन्ह मधेशमा नश्लिय ब्यवहार प्रष्ट परेको छ।

दशकौं देखि नेपालमा मधेशी हेपिदै आएका छन्। मधेशी, दोस्रो दर्जाका नागरिकको हैसियतामा राखिएको थियो, २०६३ सालमा मधेश विद्रोह हुनुको एउटा कारण यो पनि थियो। बिगतका दिनहरू हामी सबै मधेशीले देखेका नै छौं, पहाडी नश्लिय व्यवहार र प्रशासनको चरित्रबाट हामी अवगत नै छौं। हिजोका दिनमा काठमाण्डौं लगायत पसाडका बिभिन्न ठाउँमा भएका धेरै यस्ता घटनाहरू छन् जसले मधेशी जनताको आत्मसम्मानमाथि नै प्रहार गरिएको थियो। हाल २०६३ यता मधेश आन्दोलन पछि यसता सम्प्रदायिक घटनाहरूमा कमि भएकै हो। तर पनि यो नश्लिय चरित्र अझै पनि पुर्णरूपले समाप्त नभएको यस घटना तथा बेला बखत हुने घटनाबाट बुझिन्छ।

प्रश्न उठ्छ के हामी नेपाली होइनौं। के यो देशमा हामीलाई आत्मसम्मानका साथ बस्न पाउने अधिकार छैन्, के यो भुमि हाम्रो होइन्। खोइ त ४ बर्ण ३६ जातका फुलबारी, यस्तो व्यहारले बन्छ त फुलबारी, कि नश्लिय शासकले एकलजातिय संरचनानै कायम राख्न खोजेका हुन्। जब सम्म यो नश्लिय सोच र चरित्र नेपालका शासक, प्रशासन र केहि पहाडी व्यक्तिहरूबाट हट्दैन तब सम्म देशमा एकता, सम्मान र सबैको साझा राष्ट्र बन्न सक्दैन्। हामी मधेशी नेपाललाई सबैको देश बनाउन चाह्नछौं र सबैको एक समान अधिकार र सबैको आत्मसम्मान खोजेका हौं।

देशको सिमाना पहाडमा मिचिदा पनि मधेशले किन बोल्दैन भनि प्रश्न गरिनु, मधेशको राष्ट्रियता र देशभक्तिमाथि अङ्गुला उठाउनु, पहिचान र अधिकार माग्दा विखण्डनकारी भन्नु, आफ्नो उपस्थिति खोज्दा बिदेशी दलाल भन्नु तर त्यहि मधेशी जनताले दक्षिणी सिमाना बचाइ राख्नु पर्ने, संरक्षण गर्दा बिदेशीसंग कुठाइ राख्दा राष्ट्रिय मिडिया, प्नशासनका साथसाथै सरकार मौन बस्नु चाहि देशभक्ति, यस्तो बुझ्ने जुन मानसिकता छ त्यो देशकालागि घातक एव: विखण्डनकारी नश्लिय छ।
प्रदेश सभा सदस्यसंग दुर्व्यहार एउटा मात्र घटना होइन्, मधेशी जनतासंग कदम कदममा दुर्व्यहार गरिन्छ, हेपिन्छ, अपमानित तरिकाले कुरा गरिन्छ । शासक बर्गका केन्द्रिय मन्त्री, संसद तथा कुनै पनि पदाधिकारी आउदा जुन सम्मान प्रशासन वा कर्मचारीले दिन्छ, त्यहि मधेशी चाहे कुनै पनि पार्टी र पदका भए पनि नदिनु, नगर्नु र नटेर्नुको कारण के, यो नश्लिय चरित्र होइन र।

पिडा धेरै छन्, सहने एउटा सिमा हुन्छ, यस्ता चरित्र भएका व्यक्ति, संगठन सच्चिन जरूरी छ, केहि व्यक्तिको व्यवहारले गल्तिले सम्प्रदायिकताको बढावा दिन्छ जुन यो देश र समाजका लागि घातक हुन सक्छ, देशको एकतामा बाधा पुग्न सक्छ।

समाजवादी युवा संघ हाम्रो माननिय ज्यु लगायत देशमा बिभिन्न स्थानमा मधेशी लगायत कुनै पनि जाति समुदायसंग हुने गरिने दुर्व्यहार तथा नश्लिय प्रहारको घोर भर्षणा गर्छ।
म एव: हाम्रो संगठन यस्ता चरित्रका व्यक्तिहरूलाई कारवाही गर्नु पर्छ, सच्याइनु पर्छ, शासकले एकल जातिय चिन्तनबाट बाहिर निस्किएर सबैको साझा देश बनाउनमा सहयोग गर्नु पर्छ, सबै समुदायको राष्ट्रियतालाई अपनाई देशमा भातृत्वका साथ एकता र सहकार्यकासाथ, सबैको उपस्थिति समावेशीका साथ, एक समान विकास र संरक्षणका साथ देशलाई समृद्धि बनाउने हाम्रो अभियानमा सहयोग गर्न पनि आग्रह र अवहान गर्छौं।
लेखक: ओम यादव (मनिष) समाजवादी युवा संघका केन्द्रिय सदस्य तथा मधेश प्रदेश युवा समिति- मुख्य सचिव हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म पछिल्लो दुई-तीन दिनदेखि सिरहाका विभिन्न गाउँ-ठाउँ घुमिरहेको छु । अहिलेका पत्रकार र पत्रकारिताप्रतिको आम दृष्टिकोण बुझिरहेको छु । जिल्लाका ‘इस्यूज’हरू सशक्त ढंगले किन उठान हुन सकिरहेको छैन ? यसका कारणहरू पहिचान गरिरहेको छु । यसक्रममा जे पाएँ, त्यो उदेकलाग्दो छ । एउटा समय थियो – जतिबेला जनताले पत्रकारलाई आफ्ना प्रतिनिधि बुझ्थे । सत्ता र […]

उनी विन्दास खालका व्यक्ति थिए । जो जुनूनले भरिएको थियो । यी दुइटै शब्दलाई ( विन्दास र जुनून) अथ्र्याउने हो भने यसको वृहत् अर्थ लाग्दछ । दुइटै हिन्दी शब्द हो । विन्दास शब्द मराठीबाट आएको हो ।बिन+ध्वस्त= बिन्दास । बिन भनेको बिना र ध्वस्त भनेको डर । अर्थात् बिना डर र त्रास भएको व्यक्ति ! […]

जनकपुरधाम । सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलन गर्न काठमाडौं पुगेपछि मधेश प्रदेशमा पनि पठनपाठन प्रभावित बनेको छ । यस प्रदेशका अधिकांश सामुदायिक विद्यालय दुई दिनदेखि ठप्प छ । शिक्षकको आन्दोलनमा मधेश सरकारको समर्थन छ । हुन त मुख्यमन्त्री सरोज कुमार यादवले शिक्षकका आन्दोलनबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैन । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण […]