१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

बिना चेक जाँच लुकिछिपी नेपाल  भित्रिने नेपाली नागरिक रास्ट्रिय शत्रु हुन : जसपा युवानेता साह

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

सिरहा, ९ जेठ । कोभीड -१९ ले गर्दा विश्व  नै त्राहिमान अवस्थामा छन  र हाम्रो देश नेपालमा सिमीत स्रोत साधन रहेकोले माहामारी सङ लडन ह्म्मे हम्मे परिरहेको अवस्था सर्वविदित छन।यस्तोबेलामा रास्ट्रका प्रत्येक नागरिकले उच्च सतर्कता अपनाउनु पर्ने ठाउमा गैर जिम्मेवार तरिकाले  बिना चेक जाच लुकिछिपि खेतालो बाटो प्रयोग गरि गाउपस्ने क्रम नरोकिनु दुर्भाग्यपूर्ण एव मृत्युजन्य निम्तो हो जस्तो लाग्छ।

भारतमा रहेका नेपाली नागरिकहरुले समाजिक सन्जाल मार्फत व्यापक गुनासो एवं हार गुहार गर्दा
धनुषा जिल्ला प्रशासनले सिमामा अलपत्र रहेका नेपाली नागरिकहरुलाई सुरक्षीत साथ नेपाल भित्र्याउन एउटा बिन्दु (जटही नाका)तोकि चेक जाँच
गराएर मात्र छिराउने बन्दोबस्त गरे तापनी  केही व्यक्तिहरु लुकिछिपी धनुषाका जनकनन्दिनी गाउपालिका लगायत अन्य सिमावर्ती क्षेत्र बाट नेपाल छिर्ने गरिरहेका दुश्प्रयासलाई  रास्ट्र प्रतिको शत्रुता होईन भन्ने अरु के हो?

एक जनाको संक्रमण बाट पुरा गाउँ नै सन्क्रमित भई सखाप हुने सम्भावना सृजना हुन सक्छ र यसलाई रोकथामकालागी विभिन्न पालिकाहरुले स्थानिय प्रहरीलाई स्वास्थ सुरक्षा सामग्री उपलब्ध गराई आफैपनी सहकार्य गरि  प्रभावकारी कदम चाल्नु पर्ने  ठाउमा क्वारेन्टाइन व्यवस्थापन देखि बजार  व्यवस्थापन एव लकडाउन उलंघन र सामाजिक दुरि सङै पिसिआर चेक जाच समेत उदासीन  देखिनु गैरजिम्मेवार होईन भन्ने अरु के हो?

माथिल्लो स्तरभन्दा पनि तल्लो स्तरमा निर्वाचित जनप्रतिनिधिहरुले लकडाउनलाई प्रभावकारी बनाउन
र पिसिआर चेकजाचको सन्ख्या बढाउन सङै सिमामा
विशेष ध्यानपुर्याई ठोस कदम चाल्नुपर्ने ठाउमा  क्वारेन्टाइन लगायतका अन्य व्यवस्थाहरु देखाबटि नै रहेको कुरा बिभिन्न मेडियाहरुमा प्रयाप्त मात्रामा हेर्न पाईन्छ।

यतिमात्र होईन संघीय सरकार र प्रदेश सरकारले अरबौ रुपैया covid-19 को संक्रमणलाई रोकथामको लागि खर्चिन लागिएका रकम कहि दुरुपयोग त हुने होईन? जस्ता प्रस्न उब्जिनु स्वभाविक हो किनभन्ने बिदेश बाट फर्किने नेपाली नागरिकहरुकोलागी अहिले सम्म प्रभावकारी होल्ड बासस्थान तैयार गर्न सक्या छैन लाखौ लाखका सन्ख्यामा स्वदेशमा फर्किने नेपाली नागरिकलाई कसरी ठोस व्यवस्थापन गर्ने  के खाने र कसरी सुरक्षित तुल्याने जस्ता कठिन सम्स्या ननिम्तिएला भन्न सकिन्न।

विगत देखि जुन संक्रमण न्यूनीकरणकालागी सरकारले गरिरहेका  प्रयासपनि बिफल हुँदै चार सय भन्दा बढी सन्क्रमित बढदै गईरहेको अवस्था चुनौती पुर्ण हो हरेक दिन बढदै गईरहेको सन्क्रमितको संख्या रोकन सन्चालित अभियान एवं विज्ञद्वारा थालिएका वाचौ र वचाउ ,लकडाउन,चेकजाँच ,सामाजिक दुरि,सरसफाई क्वारेन्टाइन व्यवस्था समेत आदि इत्यादि व्यवस्थित गरि हरेक उपाय अबलम्बन गर्न गराउन रास्ट्रका हरेक नागरिकलाई जाग्नुपर्ने अति आवस्यकता रहेको बेला जुन दिशा र दशा बाट गुज्रिरहेका छन भोलि अकल्पनीय दिन दशा नआउला
भन्न सकिन्न। लेखक: जनता समाजवादी पार्टीका युवा नेता मनोज कुमार साह हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँमा भएको राप्रपाको प्रदर्शनमा दमन गर्न सुरक्षा निकायलाई निर्देशन नदिएको बताएका छन् । मधेश प्रदेशमा पुगेका लामिछानेले जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन सत्रमा बोल्दै सुरक्षा निकायलाई दमन गर्न निर्देशन नदिएको दाबी गरेका हुन् । उनले भने, ‘अधिकतम लचकता र सहनशीलता देखाउन भनेको छु । प्रदर्शन गर्दा […]

काठमाडौं । ‘सहकारी ठगी’ प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) को संलग्नता रहेको विषय संसदमा उठेको छ । मङ्गलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले अर्याल मन्त्री अर्याल र रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी ‘सहकारी ठगी’ मा मुछिएको बताएका हुन् । सांसद यादवले भने- ‘श्रममन्त्री डीपी […]

जनकपुरधाम । नेपाली कांग्रेसका नेता गोपाल प्रसाद साह जनमत पार्टीमा प्रवेश गरेका छन् । आइतबार जनमत पार्टीका केन्द्रिय सचिवालय सदस्य ई.शम्भुनाथ साहले नेपाली कांग्रेसका नेता साहलाई पार्टीमा प्रवेश गराइएको छ। उनले पार्टीका सदस्यता तथा पार्टीको लोगोसमेत लगाएर पार्टीमा नेता साहलाई स्वागत गरेका हुन। पार्टी प्रवेश गरेका नेता साह जनकपुरधाम उपमहानगरपालिका-२४ का निवासी रहेको छ।उनी नेपाली […]