२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

गरिबलाई जिवन धान्न समस्या भैइरहेको भन्दै जनमत पार्टीद्वारा नगरप्रमुखलाई ध्यानाकर्षण–पत्र

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

श्यामसुन्दर यादव
राजविराज, ९ जेठ । कोरोना भाइरसबाट जोगिन जारी लकडाउनका कारण विपन्न परिवारहरुलाई जिवन धान्न समस्या भईरहेको भन्दै जनमत पार्टीद्वारा विहीबार बोदे बर्साइन नगरपालिकाको ध्यानाकर्षण गराईएको छ ।

विपन्न, अति विपन्न एवम् मध्यमवर्गीय सर्वसाधारणको जनजिवन कष्टकर बन्न पुगेको भन्दै दोस्रो चरणको राहत व्यवस्था गर्न पार्टीले माग गरेका हुन् । पार्टीको नगर समितिद्वारा नगरपालिकाका प्रमुख आतेश कुमार सिंहको ध्यानाकर्षण गराउँदै अबिलम्व सर्वसाधारणको समस्या समाधानमा जुट्न आग्रह गरिएको छ ।

विदेशमा फँसेका श्रमजिवि युवाहरूको समस्या सम्बोधन गर्न, शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षणको संख्या बढाउन, किसानहरुलाई बिउबिजन, मलखाद ईत्यादी उपलब्ध गराउन जनमत पार्टीका नगर संयोजक ई. आलोक कुमार यादव नेतृत्वको टोलीले मेयर सिंहसँग आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]