२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

मधेशीलाई अपमानित गरेको कृषि टिभीको बिरोधमा आज दोस्रो दिन फेसबूक प्रोफाइलमा कालो फोटो

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,९जेठ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको विद्यार्थी संगठन विद्यार्थी जनमत संघले मधेशीलाई अपमानित गरेको भन्दै विरोधको कार्यक्रम बिहिवारदेखि सुरु गरेको छ ।

कृषि टेलिभिजनले मधेशीलाई अपमानित गर्दै कार्यक्रम सञ्चालन गरेको भन्दै संघले सार्वजनिक गरेको विरोध कार्यक्रमको पहिलो दिन कार्टुन बनाएर विरोध गरेको हो । संघको आह्वानमा बिहिवार कापीमा कृषि टेलिभिजनको कार्टुन बनाइ विरोध गरिएको छ ।

त्यस्तै, आज शुक्रबार फेसबुक प्रोफाइल कालो राख्ने, शनिबार कालो अक्षरमा प्रेस काउन्सिल लेखेरमा फेसबुकमा पोष्ट गर्ने, चौथो दिन इमेलमार्फत प्रेस काउन्सिलमा ध्यानाकर्षणपत्र बुझाउने र पाँचौं दिन सादा पानामा प्रेस काउन्सिल लेखेर घरमै बसी जलाउने विरोधका कार्यक्रमहरू सार्वजनिक गरिएको हो ।

जनमत विद्यार्थी संघका केन्द्रीय अध्यक्ष पोषणकुमार यादवले बुधबार विज्ञप्ति जारी गरी कृषि टेलिभिजनमा प्रसारण हुने कोरोना गफगाफ कार्यक्रमका प्रस्तोता र टेलिभिजनलाई कारबाही गर्न माग गरेका थिए । उनले मधेश (मधेशी, थारु, जनजाति, मुस्लिम आदि) माथि गरिएको व्यङ्ग अक्षम्य र असहनीय रहेको भन्दै कारबाहीका लागि प्रेस काउन्सिल नेपालसँग माग गरेका थिए ।

पाँचौं दिनसम्म कारबाही नभए विरोधका थप कार्यक्रम सार्वजनिक गर्ने संघले चेतावनी दिएका छन् । यसबीचमा कारबाही भए विरोधका कार्यक्रमहरू स्वतः फिर्ता हुनेसमेत संघले जनाएको छ । यसैबीच, पत्रकार बीपी साहले दिएको उजुरीका आधारमा बिहीबार कृषि टिभीसँग प्रेस काउन्सिलले स्पष्टीकरण मागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]