१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

लकडाउन कहिलेसम्म ?

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

सुदीपराज कुशवाहा
चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) विश्वलाई नै आफ्नो चपेटामा पारिसकेको छ । लगभग पचास लाख मान्छे संक्रमित भएका छन् भने उनाइस लाख भन्दा बढी निको पनि भएको छन् । यो भाइरस बारे अझै अनुसन्धान जारी नै छ ।

मान्छेमा कसरि सर्छ ? यसका लक्षण के के हुन सक्छ ? यसका दीर्घकालिन असर ? उपचारका उपाय ? भ्याकसिन ? इत्यादि । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो भाइरस वर्षौसम्म रहन सकने र खोप विकासमा वर्षौ लाग्ने प्रक्षेपण गरेका छन् । लकडाउनलाई नै तत्काल कोरोना विरूद्धको अचुक हथियारको रूपमा विभिन्न देशहरूले प्रयोग गर्दै आएको छ ।

भौतिक दुरीले नै संक्रमण हुनबाट बचाउने मुख्य माध्यम बनेको छ । तर, हामीसँग निम्न गम्भीर प्रश्न खडा छ ः यस्तो किसिमको लकडाउन कहिलेसम्म जारी राख्ने ? के ‘कोरोना’ तपाई हामीले सोंचे जस्तै छिट्टै अन्त्य होला ? के कोरोना विरूद्धको खोप तुरून्तै सम्भव छ ? वर्षौ लाग्छ ! के हामीले भारत वा अन्य देशबाट नेपालीलाई आउन रोक्न सक्छौं ? भारत तथा अन्य देशबाट ७०५ उपभोगय वस्तु नेपालमा आयत हुँदै गर्दा हामी कति सुरक्षित छौं ? नेपाली नागरिकलाई विदेशीले विना काम राख्ला ? यदि नेपाल आउन चाहयो भने तपाई हामी रोक्ने को ? कति प्रतिशत घरपरिवार यस्तो लकडाउन धान्न सक्लान् ? खाना विना नागरिक ज्यान गुमाउनु पर्यो भने जिम्मेबार को ? देश नै शारीरिक श्रममा टिकेको छ, यो पूर्ण रूपमा बन्द भयो भने के हुने ? के अन्य देश जस्तै नेपालको आर्थिक आधारहरू मजबूत छन् र ? कृषकले खेतीबारीको अन्न बेच्न पाएन र अब पुनः अन्न लगाउने अवस्था दयनीय हुँदैछ । मल, बिउको अभाव र आर्थीक संकट । के यस्तै अवस्था राख्ने ? यो समयमा, लगभग ७०० जना भन्दा बढीले आत्महत्या गरिसके ।

कयौं गर्भवती महिलाहरुले उपचार नपाउँदा ज्यान गुमाउन परेको छ । कयौं जनताको सम्पत्ति लिलाम हुँदैछ । कयौंको रोजीरोटी गुम्यो । कयौं जनता पैदल यात्रामै कोशौं हिडेर घर पुग्दा पुग्दै ज्यान गुमाएका छन् । खान नपाएर भोकमरीको सिकार भएका छन् । बजारमा सामान महंगिएका छन् । मानिसहरू शारीरिक र मानसिक रोगी हुँदैछन् । हिजो भर्खर कञ्चनपुर ५ का मलरा सदायको मृत्यु भयो । रोगले होइन, भोकले मर्दैछन् जनता ।

क्वारेन्टाइनमा उपचार नपाएर, पानी नपार बांके नैनापुरको युवकले ज्यान गुमाए । कयौं क्वारेण्टाइनमा बसेका महिलाहरु बलात्कृत भएका छन् । विदेशमा कयौं नेपाली अलपत्र परेर रूदै, कराउँदैछन् । एसईई, कक्षा ११, कक्षा १२ लाखौं विद्यार्थी मानसिक तनावमा छन् । तराईका जिल्लाहरुमा लकडाउनको नाममा प्रहरी ज्यादती चरम सिमामा छन् । कतिले पैसा भए पनि खाद्यान्न खरिद गर्न पाएका छैनन् । बैंक तथा मनिट्रान्सफरबाट पैसा झिक्न पाउँदैनन् । यस अवस्थामा के गर्नु उचित होला ? करोडौं जनतालाई भोकमरीको भुमरीमा धकेल्ने ?

स्विटजरल्याण्ड, जर्मनी, डेनमार्क, अष्ट्रेया लगायतका थुप्रै देशले लकडाउन खोली सकेका छन् । भारतमै कति राज्यमा लकडाउन खुकुलो गरिएको छ । तसर्थ, हामीले लकडाउनलाई निरन्तरता दिनुभन्दा निम्न उपाय अपनाउनुपर्छ र देशलाई तहस नहस हुनबाट जोगाउनुपर्छ ।

१. हरेक वडामा सरकारी वा निजी विद्यालयलाई क्वारेन्टाइनको रूपमा घोषणा गरौं । हाल बाँडिने राहत प्याकेजलाई क्वारेन्टाइन सेन्टरमा खर्च गरौं ।

२. क्वारेन्टाइन सेन्टरमा निजी क्षेत्रका स्वास्थ्यकर्मीलाई परिचालन गरौं । साथै, भत्तासहित युवालाई रेखदेख तथा अन्य कार्यका लागि परिचालन गरौं ।

३. परीक्षणको दायरालाई व्यापक गरौं, शसंकित व्यक्तिलाई परीक्षण गरौं, बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राखौं ।

४. अति आवश्यक कार्य भौतिक दुरी कायम गरि खुला गरौं । यसका लागि सम्पूर्ण सेना, प्रहरी परिचालन गरौं ।

५.सहज रूपमा खाद्य, मल, बिउ उपलब्ध हुने गरी व्यवस्था (समाजिक दुरी कायम गरी) गरौं ।

६. किसानको अन्न तथा तरकारी समाजिक दुरी कायम गरि किन्ने र बेच्ने व्यवस्था गरौं ।

७. केहि निश्चित समयका लागि (२–३ घण्टा) समाजिक दुरी कायम गरि आवश्यक पसल खोल्ने व्यवस्था गरौं ।

८. आइएमइ वा बैंक हरेक दिन निश्चित समय खोल्नु पर्ने व्यवस्था गरौं ।

९. कृषि व्यवसाय वा व्यापारका लागि ऋण बैंकले दिनु पर्ने, मालपोत वा नापी कार्यालय सिर्फ बैंकिङ प्रयोजनका लागि निश्चित समय खोल्नु पर्ने व्यवस्था गरौं । निमार्ण कार्य समाजिक दुरी कायम गरी गर्ने व्यवस्था गरौं ।

१०. बजारमा स्थानीय उत्पादनलाई व्यवस्थापन गर्ने गरी स्थानीय तहहरुलाई निर्देशन दिऔं । फलफुल निर्यात गर्ने गाडीलाई छुट गरौं ।

कम्तीमा यति भयो भने अर्थतन्त्र चलायमान हुन्छ । कृषक वर्ग र कामदार वर्गलाई राहत हुन्छ । सबैले सहज रूपमा स्थानीय खाद्य वस्तु पाउँछन् । यस्तो अवस्थामा भारतबाट आउने सामानमा बढी रिक्स छ । जब मान्छे कार्यमा फर्किन्छ तब मात्र आर्थिक स्थितिमा सहजता आउँछ । हाल बाँडिने राहत बाड्नै पर्दैन, त्यसलाई वडाको क्वारेन्टाइनमा केन्द्रित गर्न सकिन्छ । राहत कोषलाई थप स्वास्थयकर्मी तल तथा स्वास्थ्य सामग्रीमा खर्च गर्न सकिन्छ । साथै, हरेक घरबाट केही निश्चित रकम अनिवार्य रूपमा तिर्ने गरि ‘करोना विरूद्धको कोष’ स्थानीय स्तरमै खडा गर्न सकिन्छ ।

तर, यसका लागि लकडाउन खुकुलो गरि दैनिक कार्य गर्न दिनुपर्छ । यदि जेष्ठमा पनि लकडाउन भए बचेको कृषि क्षेत्र पनि ध्वस्त हुनेछ । अझ परनिर्भरता बढ्नेछ । लकडाउन नै अन्तिम उपाय सोच्नु नै गलत हो । कति दिनसम्म लकडाउन ? कति दिनसम्म राहत ? के कोरोना छिट्टै अन्त्य होला ? सम्पूर्ण व्यवसाय तथा कार्य रोकिने हो भने आर्थिक क्षेत्र कहाँ जान्छ ? निजी क्षेत्रको हालत के हुन्छ ? जुन देश श्रममै टिकेको छ, यदि श्रम नै बन्द भयो भने स्थिति के हुन्छ ? तपाईलाई सरकारले खानको लागि कति दिन राहत देला ? राहतको प्याकेज पनि हेरि सकिएकै हो । तसर्थ, अनिश्चित लकडाउनलाई समर्थन नगरौं ।

तपाई हामीले आफै सोचौं, यदि एक वर्षसम्म कोरोना अन्त नभए के वर्ष भरी नै लकडाउन गर्ने ? अनि तपाईको हालत के होला ? यदि जनताले लकडाउनबाट अजित भई आन्दोलन गर्यो भने त्यसपछिको स्थिति अझै भयावह हुन्छ । तसर्थ, भारत वा अन्य देशले के गर्यो भन्दा पनि हामी के गर्न सक्छौं, त्यसतर्फ सोच्नुपर्छ ।

लेखक सुदीपराज कुशवाहा एसओएस क्यापस लहानका संस्थापक तथा निर्देशक हुन् । उनी सामाजिक अभियन्तासमेत हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल-फित्र (इद)मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । […]

जनकपुरधाम । गएराति सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्द्रपुरबाट एक मोटरसाइकल चोरी भएको छ। स्थानीय रबिन्द्र कुमार पण्डितको घरबाट उनको प्रदेश-०२-००५ प २८६२ नम्बरको टिभिएस कम्पनीका बुल्लु रंगको एप्पाच्ची मोटरसाइकल चोरी भएको हो। एक सय ५० सीसीको सो मोटरसाइकल राति घरबाटै चोरी भएको मोटरसाइकल धनी पण्डितले बताए ।

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा भएको छैन। तर सोही निर्माणाधीन पुल नजिकै नेपालकै सबैभन्दा लामो ‘कठाल मल्हनिया मल्टिस्पान’ झोलुङ्गे पुल सम्झौता अवधिभन्दा झण्डै छ महिनाअघि सम्पन्न भएको छ। धनुषाको जनकनन्दिनी गाउँपालिका-६ कठाल र सिराहा नगरपालिका-१३ मल्हनिया जोड्ने सो पुल निर्माण सक्नुपर्ने […]