१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

हाथ मुख जोडन समस्या परेका मुसहर समुदायलाई भोरको राहत

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,९ जेठ ।धनुषाको कमला नगरपालिका वडा नं.५ भलुवाहाको मुसहर समुदायको ७५ घरपरिवारलाई भोरले राहत वितरण गरेको छ।

कोरोना भाइरसबाट जोगिनको लागि सरकारले लकडाउन गरेपछी भलुवाहाका मुसहर समुदायलाई छाक टार्न समस्या भएपछी स्थानीय संचारकर्मी मनोज मोरबैता र सिबेन्द्र रोहिताको पहलमा गैर सरकारी संस्था भोरको सहयोगमा २३ जना गर्वती र सुत्केरी महिलालगाईत ७५ जना मुसहर समुदायलाई समाजिक दुरी कायम गरेर बिहिवार राहत वितरण गरेको थियो।

राहतमा १५ किलो चामल,१ लिटर खाने तेल, १ किलो नुन,२ किलो दाल,गेडागुडी, १ करेक अण्डा, तरकारी, फलफुल लगायतका खाद्यान्न सामग्री वितरण गरेको मोहन सादाले बताए।

लकडाउनको समयमा सुत्केरीमा कुपोषणको जोखिम नहोस् भन्ने उद्धेश्यलेपोषण प्याकेज वितरण गरेको भोरका अध्यक्ष पचु माझीले बताए ।

सो कार्यक्रम भोरका सदस्य सरोज प्रसाद दुला ,बिनय मण्डल ,स्थानीय युवा रामसागर मण्डल ,ई रितेश यादव,रंजन यादव,संजिव यादव,घुरण मण्डल लगाइएका व्यक्तिहरु रहेको थियो ।

त्यसैगरी प्रहरी चौकी बनरझुलाको असई र हवल्दार दुबै जनाले राहत वितरण कार्यक्रमलाई अतिनै सहज बनाइदिएकोमा भोरका अध्यक्ष पछु माझीले सुरक्षाकर्मीलगाईत स्थानीय बासीलाई समेत धन्यवाद ग्यापन गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीलगायत मुलुकको समसामयिक विषयमा विचार-विमर्श गरेको छ। पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो। बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरूले आफ्नो धारणा राखेको जसपाका प्रवक्ता मनिष सुमनले […]

महोत्तरी । महोत्तरीको रातु खोलामा भएको अवैध उत्खनन रोकिनुपर्ने माग राखेर सर्वोच्च अदालत पुगेका बर्दिबासका नागरिकको मागलाई अदालतले अनुमोदन गरेको छ । निवेदकहरूले पेस गरेको प्रमाणलाई आधार बनाएर आज सर्वोच्च अदालतले उत्खनन कार्यलाई तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ताहरू पदमबहादुर श्रेष्ठ, राजु फुयाँल, सुधनराज आचार्य, बिष्णुकुमार थोकर र सुदिपकुमार भुजेलले गरेको बहसमा […]

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न पश्चात् पूजापाठ गरेर शनिबारबाट आवतजावत खुला गरिएको छ । सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भएको सो झोलुङ्गे पुल एक हजार ५०१ मिटर लामो र चार फिट चौडाइ रहेको छ […]