२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

धनुषाको तीन ठाउँबाट भारतबाट ल्याइँदै गरिएको गुटखा बरामद

Logo
प्रकाशित आइतबार, जेठ ११, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,११ जेठ । धनुषा प्रहरीले जिल्लाको बिभिन्न ठाउँबाट भारतबाट ल्याइएका गुटखासहितका बिभिन्न सामग्री नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ ।

धनौजी गाउँपालिका ४ मुसहरी टोलबाट प्रहरीले भारतबाट नेपाल तर्फ आउदै गरेको ज ७ प ४०६१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा ४० हजारमूल्य बराबरको राजनिवास १ सय पोका, १० हजार मूल्य बराबरको पान परागको पत्ती १ सय पोका, ३ हजार मूल्य बराबरको २५ बोतल खाने तेल बरामद भएको प्रहरीले जनाएको छ ।

भन्सार छलेर ल्याउँदै गरिएको सामान बरामद भएपछि सामान, मोटरसाइकल र मोटरसाइकलमा सबार धनौजी गाउँपालिकाका १८ बर्षीय राकेश यादवलाई समेत आवश्यक कार्वाहीका लागि जनकपुर भन्सार कार्यालयमा पठाईएको धनुषा प्रहरीले जनाएको छ ।

यस्तै, जनकपुरधाम ७ कटैयाचौरीबाट पनि प्रहरीले राजनिवास गुटखा बरामद गरेको छ । जनकपुरतर्फ आउँदै गरेको ज ६ प ६०९७ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा २५ पोका उक्त गुटखा फेला परेको प्रहरीले जनाएको छ ।

२५ हजार मूल्य बराबरको उक्त गुटखा, मोटरसाइकल र मोटरसाइकलमा सबार महोत्तरीको जलेश्वर नगरपालिका ११ बस्ने ३४ बर्षीय जितेन्द्र कुमार साह समेतलाई नियन्त्रणमा लिई जनकपुर भन्सार कार्यालयमा पठाईएको प्रहरीको भनाई छ ।

जनकपुरधाम ४ बाट भने वेवारिसे अवस्थामा ८५ पोका राजनिवास १ कार्टुन लहठी र १ बोरा मेसिनरी पार्ट फेला पारी आवश्यक कार्वाहीका लागि भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]