२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

कतारमा कोरोना संक्रमितहरु निको हुनेको संख्या बढ्दै

Logo
प्रकाशित सोमबार, जेठ १२, २०७७

राकेश मैथिल
दोहा कतार ,११ जेठ ।कतारमा कोरोनाका बिरामीहरुले स्वास्थ्य लाभ गर्ने संख्या बढ्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा ६५७ जनाले स्वास्थ्य लाभ गरेका छन ।

यस सँगै स्वास्थ्य लाभ गर्नेको कुल सङ्ख्या ९ हजार १ सय ७० पुगेको छ । आज जारी तथ्याङ्क अनुसार ३ हजार ३४९ जनामा गरिएको परीक्षणमा थप १ हजार ५०१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । थप २ जना ६६ र ५३ बर्षिय नागरिकको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै कतारमा भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ४३ हजार ७१४ पुगेको छ ।

ईदको शुभकामना

आज सम्म १ लाख ८८ हजार १ सय ४३ जनामा कोरोनाको परिक्षण गरिएको छ । ति मध्ये १ हजार ८०५ जनालाई डाक्टरहरूको निगरानीमा क्वारेन्टाइनमा राखिएको छ भने २५६ जनालाई अस्पताल भर्ना गरिएको छ । थप २४ जनासहित आइसियुमा रहने बिरामीको सङ्ख्या १८८ पुगेको छ । कुल ३४ हजार ५२१ जनाको उपचार चलिरहेको छ ।

नयाँ भेटिएका सङ्क्रमितहरू आप्रवासी तथा स्थानीय नगारिकहरु रहेको बताइएको छ । ४ लाख भन्दा बढी नेपालीहरू कार्यरत रहेको कतारमा केही सङ्क्रमित रहेका छन् भने १ जनाको कोरोनाको कारण ज्यान गएको छ । स्वास्थ्यमा कुनै समस्या भएमा मैदर, रवाद्त, उमसलाल र ग्राफामा रहेको हेल्थ सेन्टरमा गएर परीक्षण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भाइरस सम्बन्धी कुनै लक्षण देखा परे १६००० मा सम्पर्क गर्न सकिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]