१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

नेपालमा कोरोना भाइरसको प्रभाव र यसबाट बाच्नको लागि चाल्नुपर्ने कदम    

Logo
प्रकाशित मंगलबार, जेठ १३, २०७७

कपिलवस्तु, १३ जेठ । कोरोना भाइरस (कोभिड-१९)को महामारी बिश्वब्यापी रूपमा फैलिरहेको र यसले जनजीवनमा पारेको गम्भीर असर प्रती बिदेशमा बस्ने नेपाली र नेपालका सम्पूर्ण आमजनतालाई गम्भीर र चिन्तित बनाएको छ । संक्रमणलाई कम गर्ना सरकारले देशब्यापी लकडाउन गर्दै चालेको कदम र सोको पालन गर्दै घरमै बसि रहेका नेपाली जनताको धैर्यताको प्रशासा गर्न चहान्छु । यश संकटको स्थितिबाट मुलुक र नागरिकलाई जोगाउन २४ घन्टा कर्मभूमिमा क्रियाशील सबै स्वास्थकर्मी, सुरक्षाकर्मी , सन्चारकर्मी प्रती उच्च सम्मान व्यक्त गर्दछु ।

लकडाउनको स्थितिबाट दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउने बिपन्न,भूमिहीन ,गरीब र कमजोर परिवार यश महामारीबाट पूर्णरूपमा प्रभावित भइरहनु भएको हामी महसुस गरिरहेका छौ ।तसर्थ यस्ता कमजोर र संकटग्रस्त ब्यक्तिको जीवन रक्षाका लागि बिशेष राहत प्याकेजको घोषणा गर्ना सरकार र सरोकारवालाहरु सबैमा हार्दिक आपिल गर्द्छु । अन्य देशको अनुभवबाट समेत कोरोनाको नियन्त्रण गर्ना बढी जाच गरि सन्क्रमितहरुको पहिचान गरि उनीहरूलाई अलग्ग्याई उपचार गर्नु बढी प्रभावकारी देखिएको हुँदा एक प्रदेश एक एक ब्यवस्थित आईसोलेशन बेड हुने गरि ब्यवस्था सम्बन्धित सरोकारवालाले गर्नु पर्द्छ ।देशका विभिन्न नाकाबाट मानिस भित्रिरहेको अवस्थाले जोखिम बढाई रहेको छ , भने अर्कोतर्फ उनीहरु सीमामा अलपत्र परेको समाचार पनि आईरहेको छ । यसबीच सन्तुलित रणनीतिको अवलम्बन गर्दै यसरी भित्रिने मानिसको स्वास्थ जाँच र उनीहरु बिश्व स्वास्थ संगठन तथा सरकारले तयार गरेको क्वारेन्टाइन र आइसोलेशनको मापदण्ड अनुसारका क्वारेन्टाइनमा राख्ने तथा यसरी भित्रिने र जबर्जस्ती घुलमिल हुन खोज्ने ब्यक्तिको पहिचान गर्दै स्थानीय सरकार समेतको समन्वयमा कडाईका साथ स्वयम् क्वारेन्टाइनमा रहन र सोको पालन गर्नु पर्छ ।

कोरोना भाइरस(कोभिड-१९) नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको सहायता कोषलाई आवश्यकताको आधारमा प्रभावकारी रूपमा समयमा नै परिचालन गर्न पारदर्शिता र जबाफदेहिता प्रती पनि समेत रहन जरुरी देखिन्छ  । साथै बहुपक्षीय र िद्वपक्षीय बिकास साझेदारीहरु,दातृनिकायहरू ,रास्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सस्थाहरु तथा निजी क्षेत्र लगायत सम्पूर्ण सरोकारवाला निकायहरुलाई एकद्वार प्रणालीबाट सहयोग गर्नु पर्ने अवस्था देखिन्छ ।यस कार्यमा उपरोक्त निकायसँग सहकार्य गर्न साथै तीनै तहका सरकार ,दातृनिकाय आपसी सहकारिता ,समन्वयको सिद्धान्तमा रहेर यश गैर प्रकृतिक महामारीबाट सम्पूर्ण नेपाली जनताहरुको सर्बोत्तम स्वास्थ्य कायम गरि, रास्ट्रियता प्रतिको भावना जगाएर ऎक्यवद्द्तामा रहना जरुरी छ ।

नेपाल जस्तो बिकासोन्मुख देशको लागि यो महामारी सम्पूर्ण नेपाली जनतालाई त्रसित बनाएको छ । यस महामारीबाट बाच्नाको लागि सम्पूर्ण नेपाली जनताले आपसी मानवता ,सदभाव र मेलमिलापको भावना राखी आ -आफ्नो स्तरबाट गरीब ,भोकमरीबाट ग्रसित ब्यक्तिहरुलाई सहयोग गरि मानवताको सीमालाई उच्चत्तम बिन्दुमा पुर्याउनु पर्छ ।
अन्तयमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणलाई रोक्न सरकारले जारी गरेका निर्देशन पालन गर्ना घरभित्रै रहन,हल्लाको पछि नलाग्न ,धैर्य रहन तथा आफू र आफ्नो परिवारको स्वास्थ्य सुरक्षा ,मानसिक स्वास्थ्य समेतको ख्याल गर्न सबैमा आग्रह गर्द्छु ।। धन्यवाद

(कपिलवस्तु जिल्लाका युवा तथा समाजसेवी सि.पी चौधरी को ब्यक्तिगत बिचार)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म पछिल्लो दुई-तीन दिनदेखि सिरहाका विभिन्न गाउँ-ठाउँ घुमिरहेको छु । अहिलेका पत्रकार र पत्रकारिताप्रतिको आम दृष्टिकोण बुझिरहेको छु । जिल्लाका ‘इस्यूज’हरू सशक्त ढंगले किन उठान हुन सकिरहेको छैन ? यसका कारणहरू पहिचान गरिरहेको छु । यसक्रममा जे पाएँ, त्यो उदेकलाग्दो छ । एउटा समय थियो – जतिबेला जनताले पत्रकारलाई आफ्ना प्रतिनिधि बुझ्थे । सत्ता र […]

उनी विन्दास खालका व्यक्ति थिए । जो जुनूनले भरिएको थियो । यी दुइटै शब्दलाई ( विन्दास र जुनून) अथ्र्याउने हो भने यसको वृहत् अर्थ लाग्दछ । दुइटै हिन्दी शब्द हो । विन्दास शब्द मराठीबाट आएको हो ।बिन+ध्वस्त= बिन्दास । बिन भनेको बिना र ध्वस्त भनेको डर । अर्थात् बिना डर र त्रास भएको व्यक्ति ! […]

जनकपुरधाम । सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलन गर्न काठमाडौं पुगेपछि मधेश प्रदेशमा पनि पठनपाठन प्रभावित बनेको छ । यस प्रदेशका अधिकांश सामुदायिक विद्यालय दुई दिनदेखि ठप्प छ । शिक्षकको आन्दोलनमा मधेश सरकारको समर्थन छ । हुन त मुख्यमन्त्री सरोज कुमार यादवले शिक्षकका आन्दोलनबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैन । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण […]