२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

भोकले थलिएका बिरेन्द्रको घर नआउँदै सीमामै मृत्यु

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१५ जेठ।कोरोना संक्रमणबाट जोगिन जारी लक डाउनमा आफ्नो घर खोजेका धनुषाका एक युवकलाई मृत्युवरण गर्नुपरेको छ । घर नआउँदै उनको मृत्यु भएको छ ।

चार महिनाअघि मात्रै रोजगारी गर्न भारतको गुजरात गएका शहीद नगरपालिका वडा नम्बर ९ का युवक आफ्नो घर आउनै लाग्दा जटही सीमामा प्राण त्यागेका छन् । लामो समयदेखि भोकको सामना गरेका उनले बुधबार बिहान जटही सीमामै प्राण त्यागे ।

यसरी ज्यान गुमाउनेमा बिरेन्द्र गुरमैता यादव छन् । झण्डै महिना दिनदेखि च्यूरा र भुजा मात्रै खान बाध्य भएका थिए उनी ।

उनीसहित झण्डै २ सय जना भारतबाट आएर जटही नाकामा जम्मा भएका थिए । यहीं भींडकाबीच बेहोस भएपछि ३० बर्षीय गुरमैताले आफ्ना परिवारलाई चाँडो आइदिन फोन गरेका थिए । उनको फोन आएलगत्तै उनका भाई धिरेन्द्रसहित परिवारका ४ जना राति दुई घण्टा लगाएर एम्बुलेन्स खोजेका थिए ।

‘एम्बुलेन्स लिई राति१ बजे जटही पुग्यौं’ मृतकका भाई धिरेन्द्रले भने, “तर रातभरि एम्बुलेन्सलाई दाजुभएतिर छिर्न दिइएन् ।”

आफूहरु पैदलै गएर दाजुलाई लिन जाने बताएपनि जान नदिएको उनले बताए । रातभरि दाजु नजिक गएर ल्याउने प्रयास गरेपनि जान नदिँदा दाजुको मृत्यु भएको उनले बताए ।

रोजगारी गर्न भारतको गुजरात गएको केहि दिनमै उनी लकडाउनको शिकार भए । लकडाउन भएपछि उनी त्यहाँ भोकभोकै बस्न थाल्दा आफ्नो घर आउन खोजेका थिए । उनी १७ दिनअघि गुजरातबाट नेपालका लागि हिंडेको उनको परिवारजनले बताएका छन् ।

घर आउने क्रममा बाटोमा उनले सुख्खा खानेकुरा मात्रै भएको र खाना कतै खान नपाउँदा बेहोस भएको परिवारजनको भनाई छ ।

बेहोस भएका उनलाई उपचारका लागि एम्बुलेन्स लिएर गएपनि ल्याउन नसकिएको परिवारजनले बताएका छन् ।

मृतकको शवलाई नेपाली सेनाको टोलीले प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको छ । ल्याउनेवित्तिकै उनको स्वाब संकलन गरिएको छ ।

उनको मृत्यु भएपछि सीमामा भारततर्फ जम्मा भएकाहरु आक्रोसित हुँँदै नेपालतर्फ ढुँगामुडा गरेका छन् । ढुँगामुडाबाट ज.१त १२१३ नम्बरको एम्बुलेन्समा समेत क्षति पुगेको छ ।

जटही नाकामा मंगलबार राति २ सयभन्दा बढी संख्यामा नेपालीहरु घर आउन जम्मा भएका थिए । सुरक्षाकर्मीले उनीहरुलाई रोकेर राखेका थिए । तर बिरेन्द्रको मृत्यु भएपछि उनीहरु आक्रोशित हुँदै नेपालतर्फ ढुँगामुडा समेत गरेका थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्व नाराबाजी समेत गरेका थिए ।

त्यहीं नाराबाजीका कारण अधिकांस व्यक्ति आ–आफ्ना घरतिर लागेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]