२५ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

प्रदेश २ मा स्थानीय जनप्रतिनिको दादागिरी बढ्दै ,राहत मागेपछि कुटपिट

Logo
प्रकाशित सोमबार, जेठ १९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ जेठ। केहि दिन देखि यता प्रदेश २ मा स्थानिय जनप्रतिनिहरुको दादागिरी बढन थालेको छ ।महोत्तरी जिल्ल्लाको भंगहा नगरपालिकाका मेयर संजीव साहको दादागिरी आफ्ना समस्या सुनाउन जानेहरुलाई गालीगलौज र कुटपिट गर्ने गरेको घटना बाहिरिएको छ ।

राहतको लागि मेयर गुहार्न जाँदा मेयर साहका भाई बिनोद साहले कुटेर पठाएको भंगहा नगरपालिका ३ निवासी राम पृत सदा (मुसहर)ले आफ्नो दुःख पोखेका छन् ।

सदाका अनुसार पहिलो चरणको राहत वितरणमा हामीलाई ८ किलो चामल , तीन पाउँ दाल , १ लिटर खाने तेल, १ किलो नुन दिएको र त्यतिले हाम्रो दैनिकी नचलेको भन्दै हामीलाई ५० किलो चामल, १० किलो, ५ लिटरखाने तेल, ३ किलो नुन दिनु भनेर गुहार्न जादाँ मेयरका भाई बिनोद साहले कुटेका हुन् ।

तीन दिन देखि रजिया देवी सदाको छोरा र नाति मठीयानी बोर्डरमा आएर बसेका छन् । उनका छोराको अनुसार सम्बन्धीत नगरपालिकाले आवश्यक कागजात पठाए पछि मात्र हामीलाई आउने दिने आफ्नो घरपरिवारलाई जानकारी दिएपछि रजिया देवी भंगहा नगरपालिकामा पुगिन् ।

मेयर संजिव साहलाई मेरो छोरा र नाति बोर्डरमा फसेको छ लाइदिनुपर्ने भनेर भन्दा मेयरले ठाडो जबाब दिएर फर्काएको उनले बताइन् । ‘जसले ५० किलो चामल दिन्छ त्यहीं व्यक्तिलाई गएर भन्नु’ मेयरले भनेको कुरा उनले सुनाइन् ।

रजिया देवीका छोरा संगै भंगहा नगरपालिका(३ का अझै २० जना मठीयानी बोर्डरमा फसेका छन् ।

यता मेयर संजिव साहले नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताहरुले म लगायत मेरो पार्टीलाई बदनाम गर्न झुठा आरोप लगाएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]