२७ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

हतियार लिएर खुल्ला रुपमा हिँडदै गरेका युवक प्रदेश प्रहरीको फन्दामा

Logo
प्रकाशित सोमबार, जेठ १९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ जेठ । हतियार लिएर खुल्ला रुपमा हिँडदै गरेका एक युवक जनकपुरधामबाट पक्राउ परेका छन्।

महोत्तरीको लोहारपट्टी नगरपालिका ८ बस्ने २० वर्षीय डिके भनिने एजिजुल राइनलाई जनकपुरधाम १७ स्थित तेतरियाबाट हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनको साथबाट पेस्तोल एक थान, म्याग्जिन ३ थान र गोली ५ राउण्ड बरामद गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

सादा पोसाकमा प्रदेश प्रहरी कार्यालयबाटै खटिएको टोलीले पैदल हिँडिरहेका राइनको गतिविधि शंकास्पद देखिएपछि चेकजाँच गर्दा हतियार बरामद भएको प्रदेशका प्रहरी प्रमुख डीआइजी धीरजप्रताप सिंहले जानकारी दिए ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]