२१ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

न्यूजमधेश डेस्क
राजविराज,२२ जेठ । सप्तरीमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ । आफ्नै शरीरमा मट्टी तेल छर्केर आगो लगाइएकी महिलाको मृत्यु भएको छ ।

बेदे बर्साइन नगरपालिका ५ जाँजर निवासी रमेश यादवकी ४० बर्षीया पत्नी पिंकीको आगो लागेर ज्यान गएको छ । पिंकीले मंगलबार राति आफ्नो शरीरमा मट्टी तेल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।

आगो लागेपछि सिकिस्त भएकी उनलाई उपचारका लागि धरानतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी प्रबक्ता एवं डिएसपी तिलक भारतीले जानकारी दिए ।

आफ्नो शरीरमा आगो लगाएको सम्बन्धमा खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।सप्तरी । सप्तरीमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ । आफ्नै शरीरमा मट्टी तेल छर्केर आगो लगाइएकी महिलाको मृत्यु भएको छ ।

बेदे बर्साइन नगरपालिका ५ जाँजर निवासी रमेश यादवकी ४० बर्षीया पत्नी पिंकीको आगो लागेर ज्यान गएको छ । पिंकीले मंगलबार राति आफ्नो शरीरमा मट्टी तेल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।

आगो लागेपछि सिकिस्त भएकी उनलाई उपचारका लागि धरानतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी प्रबक्ता एवं डिएसपी तिलक भारतीले जानकारी दिए ।

आफ्नो शरीरमा आगो लगाएको सम्बन्धमा खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]