१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

न्यूजमधेश डेस्क
राजविराज,२२ जेठ । सप्तरीमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ । आफ्नै शरीरमा मट्टी तेल छर्केर आगो लगाइएकी महिलाको मृत्यु भएको छ ।

बेदे बर्साइन नगरपालिका ५ जाँजर निवासी रमेश यादवकी ४० बर्षीया पत्नी पिंकीको आगो लागेर ज्यान गएको छ । पिंकीले मंगलबार राति आफ्नो शरीरमा मट्टी तेल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।

आगो लागेपछि सिकिस्त भएकी उनलाई उपचारका लागि धरानतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी प्रबक्ता एवं डिएसपी तिलक भारतीले जानकारी दिए ।

आफ्नो शरीरमा आगो लगाएको सम्बन्धमा खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।सप्तरी । सप्तरीमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ । आफ्नै शरीरमा मट्टी तेल छर्केर आगो लगाइएकी महिलाको मृत्यु भएको छ ।

बेदे बर्साइन नगरपालिका ५ जाँजर निवासी रमेश यादवकी ४० बर्षीया पत्नी पिंकीको आगो लागेर ज्यान गएको छ । पिंकीले मंगलबार राति आफ्नो शरीरमा मट्टी तेल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।

आगो लागेपछि सिकिस्त भएकी उनलाई उपचारका लागि धरानतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी प्रबक्ता एवं डिएसपी तिलक भारतीले जानकारी दिए ।

आफ्नो शरीरमा आगो लगाएको सम्बन्धमा खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]