१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

राती दुई बजेको समयमा रानीको टोलीद्वारा ठुलो परिमाणमा अवैध सामान बरामद

Logo
प्रकाशित शनिबार, आषाढ ०६, २०७७

राजेश शर्मा
बिराटनगर, असार ६, सिमा नाका सिल रहेको अवस्थामा पनि रातिको समयमा लुकि छिपि अवैध रुपमा भारत बाट नेपाल तसकरी गरी माल सामान ओसार्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीको टोलीले एक ट्याम्पु सहित ठुलो परिमाणमा अवैध सामानहरु बरामद गरेका छ्न ।

शुक्रवार रातिको २ बजेको समयमा विशेष सुराकीको आधारमा बिराटनगर १७ मा पर्ने इश्लामपुरको बाटो भएर अवैध रुपमा ल्याईरहेको अवस्थामा ५ वटा साईकल र एउटा ट्याम्पु बाट २ ओटा बोरामा धनिया १ सय किलो, २ ओटा बोरामा मिश्री १ सय किलो, २ ओटा बोरामा तोरी १ सय १० किलो, ५ बोरा नरिवल १ सय किलो, १ बोरा चियापत्ती २९ किलो र २ बोरामा ३५ किलो पानीपुरी लगायतका सामानहरु बरामद गरेका हुन ।

बरामद गरियेका को १ ह ९००३ नम्बर को ट्याम्पु र पाचवटा साईकल सहित तिन लाख बराबर को उक्त सामानहरु रहेको र इलाका प्रहरी कार्यालय रानीले आवश्यक कार्वाही को लागी बिराटनगर भन्सार कार्यालय रानीलाई बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पदबाट कुनै हालतमा राजीनामा नदिने बताएका छन् । नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम मुख्यमन्त्री कार्कीले संविधानको रक्षा र जनताको हक अधिकार स्थापित गर्न सरकार निर्माण गरेको बताए । मुख्यमन्त्री कार्कीले सबै दललाई नयाँ वर्ष २०८१ मा सर्वदलीय सरकार […]

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश लगातार छैटौं खेलमा पनि पराजित भएको छ । गण्डकीले जितको लागि दिएको १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा कोशी १५.२ ओभरमा २५ रन मात्र बनाउदै अलआउट भयो । कोशीका कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यो प्रधानमन्त्री कप इतिहासकै सबैभन्दा कम योगफल […]