०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

झुन्डिएको अवस्थामा भेटिए नवबिबाहित महिला

Logo
प्रकाशित मंगलबार, आषाढ १६, २०७७

जीतेन्द्र कुमार राम
जनकपुरधाम,१६ असार।लकडाउनले मानविय जिवनलाइ तहसनहस बनाएको छ।बिगत तीन महिनाभन्दा बढी लकडाउन अबधी लम्बिदा मानविय जीवनमा तनाव थपिदा कोहि सहेर रहेका छन भने कतिपयले सह्न नसक्दा आत्महत्या गरि आफ्नै ज्यान गुमाएका घटनाहरु थुप्रै छन।

कहि सामाजिक तनाव,आर्थिक तनाव त कहि पारिवारिक।तर तनावले मानव सोचन शक्तिलाई कमजोर पारेकै छन।अन्त्वोगत्व मान्छे आत्महत्याको बाटोको रोजेका छन।

यस्तैमा धनुषाको सवैला नगरपालिकामा एक नवबिबाहिता महिला आफ्नै सुत्ने कोठामा दिउसै झुन्डिएको अवस्थामा भेटिएकी छिन।असारे मसान्तमा घरपरिवारका श्रीमान बाहेक सवै परिवारजन खेतमा धान रोप्न गएका समय दिउँसो ३:१५ बजे जनकपुरधाम उपमहानगरपालिका १६ महुवा कपलेश्वर माइती रहेकी तथा सवैला नगरपालिका ३ ससुराली रहेकी अन्दाजी बर्ष २२ कि अमृता देवि महरा घरको छानाको बांसमा दुपट्टाले पासो लगाइ झुन्डिएको भेटिएकी छिन।

निज मृतक को श्रीमान शंकर महराले अमृता संग गत जेठ २५ गते लकडाउनमै बिहे गरेको थियो।श्रीमान शंकरका अनुसार उनिहरुबिच एकहप्ता देखि बोलचाल बन्द रहेको,रातीको समय कहिल्यै खाना नखाने,फोनमा बढी तथा चुपचाप बस्ने जस्ता कार्य गर्दै आएको जनाइएको छ।

लकडाउन अबधिमा सवैला नगरपालिकामा झुन्डिएर ज्यान गुमाउनेको संख्या ५ पुगेको छ।जसमा महिला र पुरुषहरु रहेका छन।

लासलाइ पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय सवैलाका इन्चार्ज चन्द्रभुषण यादवले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]