०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

नागरिकता विधेयकबिरुद्वको आन्दोलनमा जसपाको शक्ति प्रदर्शन ( फोटो फिचर )

Logo
प्रकाशित बुधबार, आषाढ १७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१७ असार । सात बर्षपछि अंगीकृत नागरिकता दिन लागिएको प्रावधानबिरुद्वको आन्दोलन चर्किदैं गएको छ । मंगलबार प्रदेश २ का सबै जिल्लासहित संघीय राजधानी काठमाडौंमा पनि प्रदर्शन भएको छ ।

प्रदेश २ को आठ वटै जिल्लामा जनता समाजवादी पार्टीद्वारा बिरोध प्रदर्शन गरिएको छ । अस्थायी राजधानी जनकपुरधामसहित जिल्लामा यी पार्टीका नेता÷कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।

तत्कालिन समाजवादी र तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएपछि पहिलो पटक मंगलबार यी पार्टीका नेता÷कार्यकर्ता एक भएर सशक्त आन्दोलनमा लागेका हुन् ।

जनकपुरधाममा प्रदेशका मन्त्री र सांसदले समेत सहभागिता जनाएका छन् । जनकपुरधाम र राजविराजमा भएको प्रदर्शनमा प्रदेशका मन्त्रीहरु सहभागिता भएका छन् ।

जनकपुरधाममा गरिएको प्रदर्शनमा ३ जना मन्त्रीले सहभागिता जनाएका छन् । भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव र भूमी, व्यवस्था कृषि तथता सहकारी मन्त्री शैलेन्द्र साह प्रदर्शनमा सहभागी भए ।

स्थानीय जनक चोकबाट निकालिएको बिरोध ¥याली जनकपुरधामको बिभिन्न भाग परिक्रमा गर्दै जनक चोकमा आई केहि बेर धर्ना दिएर कोण सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागी भएका मन्त्री भने धर्ना दिएर गएका थिए ।

कोणसभामा संघीय सांसद उमाशंकर अरगरिया, प्रदेश सांसद रामाशिष यादव, परमेश्वर साह, जनकपुरधाम उप महानगरपालिकाका प्रमुख लालकिशोर साहसहितकाले मन्तव्य दिदैं ७ बर्षे प्रावधानसहितको नागरिकता विधेयक नसच्चयाएसम्म आन्दोलन जारी रहने बताए ।

प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह आफ्नो गृह जिल्ला सप्तरीमा आयोजित प्रदर्शनमा सहभागिता जनाएका छन् ।

सदरमुकाम राजविराजमा जनता समाजवादी पार्टीद्वारा निकालिएको बिरोधमा सहभागिता जनाउँदै मन्त्री साहले स्थानीय जनआन्दोलन चोकमा आयोजित कोणसभामा भाषण समेत दिएका छन् । कोणसभामा बोल्दै मन्त्री साहले नागरिकता विधेयक नसचिएसम्म आन्दोलन जारी रहने बताए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]