२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

प्रदेश २ सरकारले ल्याएको संचार विधेयक राणा शसनकाल भन्दा निरंकुश रहेको भन्दै जलाए

Logo
प्रकाशित बुधबार, आषाढ १७, २०७७

न्यूजमधेश डेक्स
जनकपुरधाम,१७ असार । पत्रकारलाई नै जरिवाना तोक्ने र सञ्चारसम्बन्धी उपकरण जफत गर्ने उल्लेख गरेर विधेयक पारित गरिएको भन्दै पत्रकारहरुले जनकपुरधामको जनक चोकमा धर्ना दिँदै विधेयक जलाएका हुन् ।

प्रदेश संचार विधेयक प्रदेश २ मा गत शनिबार पारित भएको संचार सम्बन्धी विधेयक निरंकुश शैलीको भएको भन्दै जनकपुरधामका पत्रकारहरुले बुधबार जलाएका छन् ।

‘कुनै पनि मिडियामा समाचार आउँदा त्यसको प्रमुख जिम्मेवार सम्पादक वा मालिक भए पनि पत्रकारलाई मात्र दोषी देखाएर जरिवाना लिने प्रावधान विधेयकमा राखिएको छ’ विरोधका अगुवा पत्रकार वीपी साहले भने, ‘यो विधेयक राणा शसनकालमा भन्दा पनि निरंकुश रहेकाले हामीले जलाएका हौं ।’

उनका अनुसार पत्रकारलाई जरिवाना नै तोकिए कानुनमा दख्खल भएको व्यक्तिले तोक्नुपर्ने तर सरकारले नियुक्त गर्ने व्यक्तिले जरिवाना तोक्ने प्रावधान राखिनु उचित हुँदैन ।

सञ्चारसम्बन्धी विधेयकमा थुप्रै त्रुटि रहेकाले नसच्चयाएसम्म आन्दोलन जारी रहने पत्रकारहरुले बताएका छन् ।

गत वर्ष प्रदेश सभामा यो विधेयक पेश भएदेखि नै विवादित रहँदै आएको थियो ।

सो कार्यक्रममा दलित पत्रकार महासंघ धनुषाका अध्यक्ष कुलदिप दास ,पत्रकार सुभाष कुंवर ,सिबेन्द्र रोहिता ,कुलदिप दास ,राजन झा ,मनोज मोरबैता ,रजत कायस्थसहित विभिन्न आम संचार अनलाइनमा कार्यरत पत्रकारहरुले विधेयक जलाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]