१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

सदाको घटनामा संग्लन दोषीमाथि कारवाहीको माग गर्दै विरोध प्रदर्शन

Logo
प्रकाशित बिहिबार, आषाढ १८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१८ असार । प्रहरी हिरासतमा मृत्यु भएका शम्भु र उपचार नापाएपछी मृत्यु भएका राजु सदाको घटनामा दोषीमाथि कारवाहीको माँग गर्दै दलित समुदायहरुले जनकपुरधाममा निकालिएको विरोध जुलुसमा प्रहरीले आश्रु ग्यास, हवाई फायर तथा लाठी प्रहारी गरेको छ ।

जनकपुरधामको रंगभूमि मैदानमा जम्मा भई निस्केको सो विरोध र्याली रामानन्द चौक, पिडारी चौक, वन्सीचौक हुँदै मधेश भवन अगाडि आउँद प्रहरीले लाठी प्रहार गरेका छन् । लाठी प्रहारबाट पनि प्रदर्शनकारीहरुले अगाडि बढ्दै जाँदा प्रहरीले ३ राउण्ड आश्रु ग्यास, ३ राउण्ड गोली हवाई फायर समेत चलाएको प्रदर्शनकारीहरुले दावी गरेका छन् । यता प्रहरी उपरीक्षक रमेश बस्नेतसँग सम्पर्क गर्दा उहाँको फोन उठेन ।

प्रहरीको लाठी प्रहारबाट केही युवाहरुलाई समान्य चोटपटक लागेको छ । तर प्रदर्शनकारीसँगै रहेका पत्रकार विपि साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनमा सहभागीहरुलेमृत शम्भु र राजु सदाको परिवारलाई संघीय सरकारबाट क्षतिपूर्ति देउ, प्रहरी हिरासतमा मान्छे मार्न पाईदैन, नवलपरासी घटनाको दोषीमाथि कारवाही गर, दलितमाथि हत्या, हिंसा बन्द गर लगायतको प्ले कार्ड बोकेर नारा जुलुस लगाएका थिए ।

कोणसभामा दलित अगुवाहरुले प्रहरी हिरासतमा झुण्डिएर मृत्यु भएको शम्भु सदाको र क्वाइरेन्टाइनमा उपचार हुन नसक्दा मृत्यु भएका राजु सदाको घटनामा संलग्नमाथि छानबिन गरी दोषीमाथि कारवाहीको माँग गरेको छ ।

धनुषाको सबैला नगरपालिकामा प्रहरी हिरासतमा रहेका शम्भु सदाको झुण्डिएरको अवस्थामा शव फेला परेको थियो । त्यस्तै धनुषाको हँसपुर नगरपालिका ६ पर्साही बस्ने राजु सदाको क्वारेन्टाइनमा उपचार सम्भव हुन नसक्दा प्रदेशिक अस्पतालमा पु्र्याइएको थियो । तर त्यहाँ पनि चिकित्सकले उपचार नगरेपछि मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]