३० माघ २०८१, बिहिबार
13-02-2025 , Thu
×

सदाको घटनामा संग्लन दोषीमाथि कारवाहीको माग गर्दै विरोध प्रदर्शन

Logo
प्रकाशित बिहिबार, आषाढ १८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१८ असार । प्रहरी हिरासतमा मृत्यु भएका शम्भु र उपचार नापाएपछी मृत्यु भएका राजु सदाको घटनामा दोषीमाथि कारवाहीको माँग गर्दै दलित समुदायहरुले जनकपुरधाममा निकालिएको विरोध जुलुसमा प्रहरीले आश्रु ग्यास, हवाई फायर तथा लाठी प्रहारी गरेको छ ।

जनकपुरधामको रंगभूमि मैदानमा जम्मा भई निस्केको सो विरोध र्याली रामानन्द चौक, पिडारी चौक, वन्सीचौक हुँदै मधेश भवन अगाडि आउँद प्रहरीले लाठी प्रहार गरेका छन् । लाठी प्रहारबाट पनि प्रदर्शनकारीहरुले अगाडि बढ्दै जाँदा प्रहरीले ३ राउण्ड आश्रु ग्यास, ३ राउण्ड गोली हवाई फायर समेत चलाएको प्रदर्शनकारीहरुले दावी गरेका छन् । यता प्रहरी उपरीक्षक रमेश बस्नेतसँग सम्पर्क गर्दा उहाँको फोन उठेन ।

प्रहरीको लाठी प्रहारबाट केही युवाहरुलाई समान्य चोटपटक लागेको छ । तर प्रदर्शनकारीसँगै रहेका पत्रकार विपि साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनमा सहभागीहरुलेमृत शम्भु र राजु सदाको परिवारलाई संघीय सरकारबाट क्षतिपूर्ति देउ, प्रहरी हिरासतमा मान्छे मार्न पाईदैन, नवलपरासी घटनाको दोषीमाथि कारवाही गर, दलितमाथि हत्या, हिंसा बन्द गर लगायतको प्ले कार्ड बोकेर नारा जुलुस लगाएका थिए ।

कोणसभामा दलित अगुवाहरुले प्रहरी हिरासतमा झुण्डिएर मृत्यु भएको शम्भु सदाको र क्वाइरेन्टाइनमा उपचार हुन नसक्दा मृत्यु भएका राजु सदाको घटनामा संलग्नमाथि छानबिन गरी दोषीमाथि कारवाहीको माँग गरेको छ ।

धनुषाको सबैला नगरपालिकामा प्रहरी हिरासतमा रहेका शम्भु सदाको झुण्डिएरको अवस्थामा शव फेला परेको थियो । त्यस्तै धनुषाको हँसपुर नगरपालिका ६ पर्साही बस्ने राजु सदाको क्वारेन्टाइनमा उपचार सम्भव हुन नसक्दा प्रदेशिक अस्पतालमा पु्र्याइएको थियो । तर त्यहाँ पनि चिकित्सकले उपचार नगरेपछि मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]