०६ बैशाख २०८१, बिहिबार
18-04-2024 , Thu
×

राजु सदाको मृत्युबारे अध्ययन गर्ने संसदीय समितिको म्याद थप प्रदेश सरकारको अझै सकिएन छानबिन

Logo
प्रकाशित बुधबार, आषाढ २४, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, २४ असार । जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पतालको आइसोलेसनमा छटपटिएर मृत्युवरण गरेका राजु सदाको मृत्युबारे अध्ययन गर्न बनेको संसदीय समितिको ५ दिनको म्याद थप गरिएको छ ।

प्रदेश २ सभाको गत असार १४ गतेको बैठकले धनुषाको हंसपुर नगरपालिका ७ निवासी राजु सदाको मृत्युबारे अध्ययन गर्न नेकपा सांसद रबीन्द्र बैठको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको थियो । समितिलाई अध्ययन गर्न अझ समय लाग्ने भएकाले ५ दिनको म्याथ थप गरिदिन संयोजक बैठाले मंगलबारको प्रदेश सभा बैठकमा आग्रह गरेका थिए ।

बैठाले राजु सदाको घर तथा उनलाई राखिएको क्वारेन्टिनको स्थलगत अवलोकन र सरोकारबालासँग छलफल गरिसकिएको बताए । उनले अहिले उनको मृत्यु सम्बन्धी कागजातहरु प्रादेशिक अस्पतालबाट लिएर अध्ययन गरिरहेको जनाउँदै ५ दिनका लागि समय थप गरिदिन आग्रह गरेपछि प्रदेश सभाले म्याद थप गर्ने अनुमति दिएको छ ।

बैठाको संयोजकत्वमा बनेको अध्ययन समितिमा सांसदहरु, चमेली देवी दास, सुरिता कुमारी साह, नरेश कुमार यादव र सावित्री देवी साह सदस्य छन् ।

प्रदेश सरकारले राजु सदाको मृत्युबारे गठन गरेको छानबिन समितिले भने कार्यलाई पूर्णता दिन सकेको छैन् ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. नवलकिशोर झा र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका कानुन उपसचिव दिलिप कुमार प्रधान सदस्य रहने गरी प्रदेशको सामाजिक विकास मन्त्रालयले गत असार ११ गते समिति बनाएको थियो । समितिलाई ७ दिनभित्र प्रतिवेदन दिन भनिएको थियो ।

तर झण्डै दुई साता बित्दा पनि समितिले प्रतिवेदन दिन सकेको छैन् । सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले अहिले अस्पतालमै केन्द्रीत रहेर समितिले काम गरिरहेको बताए । उनले अस्पतालको अनुसन्धान सकिए लगत्तै राजु सदाको घर तथा क्वारेन्टिनमा गएर स्थलगत अवलोकन र छानबिन गरी चाँडै प्रतिवेदन तयार हुने उनले बताए ।

गत जेठ ३ गते भारतको अहमदावादबाट आएका हंसपुर नगरपालिकाका राजुलाई गाउँकै क्वारेन्टिनमै राखिएको थियो । यहाँ उनको आरडिटी टेस्ट गर्दा पोजेटिभ देखिएको थियो । १७ दिनसम्म क्वारेन्टिनमै बसेपछि उनलाई झाडापखाला लाग्दा टिपरमा बसाएर प्रादेशिक अस्पतालको गेटसम्म ल्याइएको थियो ।

राजुलाई प्रादेशिक अस्पतालको आइसोलेसनमा राखेर स्वाब संकलन गरिएको थियो । तर, स्वाबको रिपोर्ट आउन एक साता समय लागेको थियो । त्यहीं बीचमा आइसोलेसनमा छटपटिएका थिए उनी । असार ९ गते स्वाबको रिपोर्ट नेगेटिभ आएपछि उनलाई आकस्मिक कक्षमा ल्याइएको थियो । जहाँ उनको असार ९ गते राति नै छटपटिएर ज्यान गएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]

जनकपुरधाम । तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्व शीतलताको प्रतिक हो । नव वर्षको शुभारम्भसँगै हरेक वर्ष वैशाख २ गते तराईरमधेश क्षेत्रमा जुड़शीतल मनाइन्छ । आज एकाबिहानै शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने चलन छ । यो पर्वको उद्देश्य सूर्यको […]