१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

प्रदेश २ मा मन्त्रि स्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन

Logo
प्रकाशित मंगलबार, आषाढ ३०, २०७७

न्यूजमधेश डेक्स
जनकपुरधाम,३० असार। प्रदेश नं २ को सरकारले आज मन्त्रि स्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन गरेको छ ।

यस प्रदेशमा वर्षा, बाढी र पहिराबाट भएका क्षतिको अनुगमन गरी पीडित पक्षलाई राहतका साथै व्यवस्थापनलगायत कार्यका लागि मन्त्रिपरिषद्को आजको बैठकले सो समिति गठन गरेको हो ।

बैठकले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव र उद्योग, वन पर्यटन तथा संस्कृतिमन्त्री रामनरेश राय सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ ।

समितिलाई हालै प्रदेशको आठवटै जिल्लामा बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण तथा अनुगमन गरी पीडितलाई उपलब्ध गराउनुपर्ने राहत तथा अन्य मर्मतसम्भारजस्ता कार्यहरुको सिफारिस प्रदेश सरकारलाई गर्ने जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी गराउनुभएको छ ।

समितिले गरेको सिफारिसका आधारमा प्रदेश सरकारले पीडित परिवारहरुलाई राहत उपलब्ध गराउनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीलगायत मुलुकको समसामयिक विषयमा विचार-विमर्श गरेको छ। पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो। बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरूले आफ्नो धारणा राखेको जसपाका प्रवक्ता मनिष सुमनले […]

महोत्तरी । महोत्तरीको रातु खोलामा भएको अवैध उत्खनन रोकिनुपर्ने माग राखेर सर्वोच्च अदालत पुगेका बर्दिबासका नागरिकको मागलाई अदालतले अनुमोदन गरेको छ । निवेदकहरूले पेस गरेको प्रमाणलाई आधार बनाएर आज सर्वोच्च अदालतले उत्खनन कार्यलाई तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ताहरू पदमबहादुर श्रेष्ठ, राजु फुयाँल, सुधनराज आचार्य, बिष्णुकुमार थोकर र सुदिपकुमार भुजेलले गरेको बहसमा […]

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न पश्चात् पूजापाठ गरेर शनिबारबाट आवतजावत खुला गरिएको छ । सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भएको सो झोलुङ्गे पुल एक हजार ५०१ मिटर लामो र चार फिट चौडाइ रहेको छ […]