२६ माघ २०८१, आइतबार
09-02-2025 , Sun
×

दयामायाको पानीको भरमा कैदीबन्दी

Logo
प्रकाशित बुधबार, आषाढ ३१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३१ असार। महोत्तरी कारागारका कैदीबन्दी (बन्दी न्यायिक निकायले पुर्पक्ष थुनामा राख्न आदेश गरेका थुनुवा) अघाउँजी पानी पिउन नपाएर बिचल्लीमा परेका छन् । जलेश्वर नगरपालिका–२ स्थित महोत्तरी कारागारभित्रका चापाकल पछिल्लो छ दिनको अविरल वर्षासँगैको बाढी पसेर डुबेपछि कैदीबन्दीलाई खानेपानीको समस्या परेको हो ।

कारागारमा रहेको चापाकलको ह्याण्डिल कैदीबन्दी कक्षभित्र जमेको पानीले डुबेपछि खानेपानीको हाहाकार मच्चिएको हो । गत बुधबारदेखि सोमबार बिहानसम्मको लगातारको वर्षासँगै बगेर आउने पानी कारागारभित्र तीन फिट जमेको छ । जमेको फोहर पानीको निकास नहुँदा आपूmहरु बिचल्लीमा परेको कैदीबन्दीको गुनासो छ ।

“चापाकल चलाउने ह्याण्डिल पानीले छोपेको छ, कक्षमा बाहिरबाट छिरेको हिलो लेदोमै बस्नुपरेको छ” पुरुषकक्षका एक कैदीबन्दीले भने, “खानेपानीको हाहाकारसँगै फोहर पानीले थुप्रै साथी बिरामी भएका छन् ।” रेडक्रस महोत्तरी शाखाले सोमबार उपलब्ध गराएको २०० बोतल पानीले घाँटी भिजाइरहेको कैदीबन्दीको भनाइ छ । अहिले बाहिरबाट दाताहरुले ल्याइदिने पानी नै आपूmहरुको घाँटी भिजाउने सहारा भएको कैदीबन्दी बताउँछन् ।

सोमबार मध्याह्नपछि पानी थामिएर घाम लाग्न थालेपछि कारागारभित्र पानीको सतह घट्दै गए पनि पानी अझै सुकेको छैन । यद्यपि अब कारागारभित्रका चापाकल चालु गरिने गरी काम भइरहेको कारागार प्रशासनले जनाएको छ । कारागारभित्र पसेको शहरको फोहरपानीले कैदीबन्दीमा फोहर खटिरा उछ्रेको, लुतोले सताएको र अन्य छालाजन्य रोग बढेको छ । फोहर पानीले भिज्दा कारागारका १५० भन्दा बढी कैदीबन्दी ज्वरो–खोकीले थलिँदै गएको कारागारका निमित्त प्रमुख (जेलर) मक्सुधन महासेठले नै स्वीकार गर्नुभयो ।

विसं १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका १३५ कैदीबन्दी राख्ने क्षमताको कारागारमा अहिले पुरुषकक्षमा ४९५ र महिलाकक्षमा चार आश्रित बालबालिका (आमासँगै आएका पाँच वर्षमुनिका बालबालिका) सहित ५० गरी ५४५ कैदीबन्दी छन् । सधैँजसो न्यायिक निकायले कैदी र बन्दी (थुनुवा) पठाइरहँदा बसाइ व्यवस्थापन अत्यन्त कठिन बनेको कारागारका निमित्त प्रमुख महासेठ बताउनुहुन्छ ।

“हामीले गहिरो ठाउँमा रहेको कारागारबाट बाहिर फोहर निस्कने ढल व्यवस्थापनका लागि जलेश्वर नगरपालिका र आफ्नै उपल्लो निकायलाई घच्घच्याइरहेका छौँ”, महासेठले भन्नुभयो, “तर हाम्रो कुरा सुन्ने कोही भएनन् ।” कैदीथुनुवा थपिँदै जाने र बसाइ व्यवस्थापन मिलाउन नसक्दा अब आफँैलाई उनीहरुको अस्तव्यस्त बसाइ हेरेर अपराधबोध हुने गरेको महासेठ बताउनुहुन्छ । धनुषा जिल्लामा कारागार नहुँदा यहाँ कैदी थुनुवाको चाप बढेको छ । कूल सङ्ख्यामध्ये ६५ प्रतिशतभन्दा बढी धनुषाकै न्यायिक निकायले पठाएका कैदी÷थुनुवाले कारागार खचाखच भरिएको महासेठको भनाइ छ । खासमा न्यायिक निकायले मुद्दाको छिनोफानो (फैसला) चाँडै नगर्दा पनि चाप बढेको कारागार प्रशासनको ठम्याइ छ । कारागारमा अहिले कैदी (फैसला भएर सजाय भुक्तान गरिरहेका) ३० प्रतिशतभन्दा पनि कम रहेका छन् ।

यता थुनुवा (मुद्दा किनारा नहुञ्जेल पुर्पक्ष थुनामा राख्न आदेश गरिएका) ७० प्रतिशतभन्दा बढी रहेका महासेठको भनाइ छ । कुनै पनि मुद्दा दुई वर्षभित्र किनारा लागिसक्नुपर्ने कानूनी व्यवस्था भए पनि कारागारमा पाँच वर्षभन्दा बढी समयदेखि थुनुवामा रहेका पनि छन् । कारागारमा बर्सेनि बाढीको समस्या खेपिँदै आइए पनि यसको सुधार र मर्र्मतसम्भारमा सरकारले ध्यान नदिएको लामो समयदेखि कारागारमा बस्दै आएका कैदीबन्दी बताउँछन् । कारागार यातनागृह नभई सुधारगृह भएको हुँदा कैदीबन्दीले मानवोचित सुविधा पाउनैपर्ने मानवअधिकारवादी सङ्घसङ्गठनका प्रतिनिधिले कारागार प्रशासन तथा स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । – रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]