१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

सप्तरीमा डुबानमा परेका घरहरु भत्किन थालेपछि स्थानीय बासी बिचलित

Logo
प्रकाशित बुधबार, आषाढ ३१, २०७७

न्यूजमधेश डेक्स  
राजविराज ,३१ असार। चार दिनदेखि परेको वर्षाका कारण सप्तरीमा डुबानमा परी कमजोर बनेका घरहरु भत्किएका छन् । वर्षाले सप्तरीको डाक्नेश्वरी नगरपालिका, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा घरहरु भत्किएर क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।

खाँडोखोला किनारमा घर भएका महदेवा गाउँपालिकाका तीन जनाको घर खाँडोखोलाले भत्काएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले बताउनुभयो ।

महदेवा–१ स्थित खाँडोखोलाको किनारमा घर भएका भुवन राम, रामचन्द्र राम र पवन रामको घर भत्किएको हो । घर भत्किएपछि भुवनको १० जनाको परिवार, रामचन्द्रको सात जनाको परिवार र पवनको पाँच जनाको परिवार विस्थापित भएका छन् ।

यसैगरी डाक्नेश्री नगरपालिकामा पनि एक घर भत्किएको छ । डाक्नेश्री–३ का ७५ वर्षीय महन्थी सदाको बाँसको टाटी बेरा भएको एककोठे घर भत्किएको सप्तरी प्रहरीले जनाएको छ । घर भत्किँदा रु ५३ हजारको क्षति भएको सप्तरी प्रहरीले अनुमान गरेको छ ।

यसैगरी तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीस्थित खाँडोखोलाको पानीले रामानन्द रायको मोटरसाइकल ग्यारेजमा पानी पस्दा मेसिनरी सामान, मोटर पार्ट्स गरी रु ५० हजार मूल्य बराबरको क्षति भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]