
मनोज बनैता
सिरहा, ३ श्रावण । लाहान नगरपालिकाको शिक्षा समितिले बिधालय ब्यवस्थापन समितिको अध्यक्ष पदमा लाहान ७ का वडा अध्यक्ष राकेश रोशन गुप्तालाई नियुक्त गरे लगत्तै गुप्ताले उक्त पदबाट राजिनामा दिएका छन । नियुक्ति पत्रलाई उच्च सम्मान र शिक्षा समितिलाई धन्यवाद ज्ञापन गर्दै उनले खुशी खुशी राजीनामा दिएको नगरपालिका श्रोतले जनाएका छन ।
अध्यक्ष गुप्ता ले आफू पशुपति आदर्श उच्च मा. बि लहानको बिधालय ब्यवस्थापक समितिमा वडा अध्यक्षको हैसियतले जिम्मेवारी वहन गर्ने भन्दै राजीनामा दिएका छन । उनले भने ‘पदेन सदस्यको जिम्मेवारी मा छदैछु अत: बिधालय ब्यवस्थापन समिति को अध्यक्ष पदमा अरु नै कुनै योग्य ब्यक्तिलाई राख्न अनुरोध गर्दछु ।
अध्यक्ष गुप्ताको यस निर्णयलाई उच्च सम्मान गरिएको छ । वर्तमान राजनैतिक अवस्थामा पदिय लोभले आकाश छोईरहेको बेला वडा अध्यक्ष गुप्ताले अरु कुनै योग्य ब्यक्तिको लागि दिईएको पद त्याग गर्नु उदाहरणीय भएको स्थानियले बताउँछन् ।