न्यूजमधेश डेक्स
जनकपुरधाम ,४ साउन । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मंत्री ज्ञानेन्द्र कुमार यादवले शनिबार रौतहट स्थित बागमती नदीको बांधको स्थलगत निरीक्षण गरेका छन् ।
बागमती नदीमा आएको बाढीÞले कटान गर्न थाले पछि बस्ती डुवानमा पर्ने जोखिम बढ्दै गएकोले प्रदेश सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी राज्य मंत्री योगेन्द्र यादवको विशेष आग्रहमा रौतहट पुगेका कानून मंत्री यादवले गढ़ीमाई नगरपालिकाको बखरी, राजदेवी नगरपालिकाको बसतपुर नजिक गरिएको कटान तथा स्परको अवस्थाको निरिक्षण गरेका हुन ।
राजदेवी नगरपालिका वड़ा नम्बर ४ स्थित ५ नम्बर स्पर नदी कटान गरी सकेको छ भने गढ़ीमाई नगरपालिकाको नजिक बांध देखि ५० मीटरको दुरीमा नदीको पानीको बहाव रहेको छ । नयाँ निर्माण गरिएको बागमती पुलको कारण बागमती नदी रौतहट तीर आएको र पच्छिममा निर्माण गरिएको बांध जोखिममा रहेको मंत्री यादवलाई स्थानियहरुले जानकारी गराएका थिए ।
राज्यमंत्री यादवले पुल पूर्व अझ निर्माण गर्नु पर्नेमा पच्छिम तीर बनाइएकोले बांध कुनै बेला कटान हुन सकने सम्भावना रहेकोले पुलको लम्बाई बढाउनु पर्ने पहल गर्नु पर्ने सुझाव दिए ।
जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाले श्रवण ४ गते देखि ८ गते सम्म पानीको बहाव उच्च हुने संकेत गरेपछि बागमती र लालबकैया नदीको किनारमा अवस्थित बस्तीका स्थानीयहरु त्रसित भएका छन ।
बांधको अवस्था दिन प्रति दिन जर्जर हुदै गएकोका गाउले हरु त्रसित भएका हुन । कटान कसरी रोकिने र बांधको कसरी जोगाउने अहिले ठूलो चुनौती रहेको छ । जल उत्पन्न प्रकोप तथा नदी नियंत्रण कार्यालयको निष्क्रियताको कारण दुवै नदीको बांधको अवस्था दयनीय भएको हो । प्रदेश कानून मंत्री यादवले सरकारले यस प्रति गंभीर भएर लाग्ने प्रतिवद्धता समेत जनाए ।