२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

प्रधानमन्त्री केपी ओलि र चिनियाँ राजदूत होउको पुत्ला दहन, भगवान रामको जन्मभूमि बारे गौरमा प्रदर्शन

Logo
प्रकाशित सोमबार, साउन ०५, २०७७

अभिमनु कुमार पटेल
रौतहट, ५ श्रावण । पुरुषोतम मर्यादा भगवान श्रीरामको जन्मस्थल नेपालको पर्सा स्थितको ठोरी नामक ठाउँमा रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिविरुद्ध रौहतटको सदरमुकाम गौरमा बिरोद्ध प्रदर्शनसँगै ओलि र चिनियाँ राजदूत होउ यान्छीको पुत्ला समेत दहन गरिएको छ ।

पौराणिक काल देखिको सम्बन्धमा चिसोपन उत्पन्न भएको भन्दै हिन्दु परिषद नेपाल रौतहट कार्य समिति द्धारा रौतहटको गौरमा विभिन्न नारा सहित प्रदर्शन गरेको छ । नेपाल भारतको रोटी- बेटीको सम्बन्ध माथि हचुवाको भरमा देशको गरिमामय पदमा बसेका एक जिम्मेवार व्यक्ति नेपालका प्रधानमन्त्री केपि शर्मा ओलीले भगवान श्रीराम नेपाली रहेको आशयको अभिव्यक्ति दिएपछि परापुर्वकाल देखिको नेपाल भारत ऐतिहासिक मजबुत सम्बन्धमा दरार आउने खतरा देखिएको छ ।

विश्वका करोडौं हिन्दु धर्मावलम्बीको आस्थामाथि अहिलको दुई तिहाइको सरकार र प्रधानमन्त्री ओलीले ठेस पुर्याएको छ ।कोणासभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचको सदियौंदेखिको रहेको सम्बन्धलाई कुतर्क गरेर तोड्न खोजेको भन्दै हिन्दू परिषद नेपाल रौतहटको जिल्ला संयोजक ओमप्रकाश साह मधेशीयाले बताएका छन ।

केपी शर्मा ओलीको बिरुद्धमा प्रदर्शन गर्नेहरुले हिन्दू धर्म माथिको आक्रमण बन्द गर, ओमकार परिवार एक हौं , हिन्दू राष्ट्र कायम गर, धर्म बेच्न दलाल नेताहरु मुर्दाबाद, पुरुषोतम मर्यादा भगवान श्रीरामलाई बाडन पाईदैन, धर्म निरपेक्षताको आडमा गुण्डागर्दी बन्द गर, प्रधानमन्त्री केपी शर्मा ओली आफनो अभिव्यक्ति फिर्ता ले, नेपाली नागरिकको पहिचान सहितको हिन्दू धर्म कायम गर, जय श्रीराम, जय सियाराम, नेपाल भारतको सम्बन्ध अमर रहे, भन्दै नारावाजी गरेका थिए । प्रदर्शनमा हिन्दू परिषद नेपाल रौतहटका प्रवक्ता अभिमनु कुमार पटेल, ग्रिसनन्दन सिंह, संजय कुमार यादव, राजीव कुमार सिंह, सत्येन्द्र प्रताप सिंह, मोसाफिर राय यादव, अरबिन्द कुमार यादव, अशोक सिंह, हनुमत यादव, कृष्ण यादव, जितन यादव लगायत समाजका अगुवाहरुको समेत सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]