१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

आकस्मिक कक्ष सञ्चालन, १४ स्वास्थ्यकर्मी क्वारेन्टिनमा

Logo
प्रकाशित शनिबार, साउन १०, २०७७

न्यूजमधेश डेस्क
राजविराज ,१० श्रावण । सप्तरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्ष आजदेखि सञ्चालनमा आएको छ । विष सेवन गरी भर्ना भएका एक बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शुक्रबार राति ७ बजेदेखि सिल गरिएको अस्पतालको आकस्मिक कक्ष सञ्चालन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झाले बताउनुभयो ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय एक बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक कक्षका बिरामीलाई अन्य वार्डमा सारी आकस्मिक कक्षलाई निसङ्क्रमण गरिएको छ । आकस्मिक कक्ष निसङ्क्रमण पश्चात बिरामीलाई पुनःअकास्मिक कक्षमा स्थान्तरण गरी सेवा दिन थालिएको डा झाले जानकारी दिनुभयो ।

बिरामीमा कोरोना पोजेटिभ देखिएपछि नियमित परीक्षण र रेखदेखमा खटिएका चार चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको छ । स्वास्थ्यकर्मीको टोलीलाई राजविराजस्थित दुई ओटा होटेलमा क्वारेन्टिनमा राखिएको हो । क्वारेन्टिनमा पठाइएका एक जना चिकित्सक भने होटल नगई राजविराजस्थित निजी अस्पतालमा खटिरहेका छन् ।

राजविराज–६ निवासी ७३ वर्षीय व्यापारीको साउन १ गते राति मृत्यु भएपछि मृतकको परिवारका पाँच जना सदस्यका साथै घरसँगै रहेको उनको पसलमा काम गर्ने दुई जना कामदार, सरसफाई गर्ने महिला, छिमेकी दम्पती, चिया पु¥याउने पसलेको परिवारका चार जना पनि सङ्क्रमित भएको पुष्टि भएको थियो ।

पसलमा कार्यरत सङ्क्रमित एक कामदारकी श्रीमती, छोरी, भतिजा र भतिजी तथा अर्का कामदारकी ३२ वर्षीया श्रीमती पनि सङ्क्रमित भएकी छिन् । उनी गजेन्द्रनारायण सिंह अस्पतालमा नर्स पदमा कार्यरत छिन् । सङ्क्रमित सरसफाई गर्ने ३६ वर्षीया महिला पनि अस्पतालमा कार्यरत सरसफाई कर्मचारी हुन् ।

अस्पतालमा कार्यरत दुई जना कर्मचारीमा कोरोना पुष्टि भएपछि अस्पतालका सबै १९८ चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा ४६ जना बिरामीको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा विष खाएर उपचाररत बिरामीमा शुक्रबार साँझ सङ्क्रमण देखिएको थियो । अन्य सबै कर्मचारी, चिकित्सक र बिरामीको रिपोर्ट भने नेगेटिभ आएको छ । यता आकस्मिक कक्षमा कार्यरत १४ जना स्वास्थ्यकर्मी क्वारेन्टिन भएपछि अस्पतालको सेवा प्रभावित भएको डा। झाले बताउनुभयो । सप्तरीमा सङ्क्रमितको सङ्ख्या बढेर ४२६ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]