३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

नमुना मुसहर बस्तीको नाममा व्यापक घोटाला, प्रश्न सोध्दा अध्यक्ष कुटिए

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,११ श्रावण । सिराहाको धनगढीमाई नगरपालिका–१२ मा निर्माण हुँदै गरेको मुसहर बस्तीको नाममा व्यापक घोटाला भएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन । खाली चेकमा उपभोक्ता समितिको हस्ताक्षर गराई पैसा निकालेको भन्दै स्थानीयले आरोप लगाएका छन । उपभोक्ता समितिका अध्यक्ष राजकुमार सदा ले घोटाला बारे प्रश्न गर्दा उनी कुटिएका छन ।

वडा १२ स्थित मुसहर वस्तीमा ५० लाखमा कुल आठ वटा घर निर्माण भइरहेका छन् । घर निर्माणका लागि आवश्यक पर्ने सामानको जिम्मेवारी लिने ठेकेदार हरि मैनालीले उपभोक्ता समितिको अध्यक्ष सदालाई पिटेको स्थानीयले आरोप लगाएका छन । के कति पैसा  झिकिएको सोध्न जादा मैनालीले उनलाई निर्घात कुटपिट गरेको एक प्रत्यक्षदर्शीले बताए । छलकपट गरि अध्यक्ष लगायत उपभोक्ता समितिको सदस्यहरू सङ्ग खाली चेकमा हस्ताक्षर गराई सबै पैसा निकालेको सदाको आरोप रहेको छ ।

उपभोक्ता समितिका अध्यक्ष कुटिएपछि स्थानीय मसहर समुदाय नै मैनाली विरुद्ध आन्दोलन गरेका छन । ‘दलित कुट्न पाइँदैन, कमिसनखोरी बन्द गर’ लगायतका नारा लगाई मुसहर समुदायले शनिबार बिरोध प्रदर्शन गरेका छन ।

ठेकेदार मैनालीको अनुसार उनले मुल्यांकन अनुसार रकम निकालेको हो । उनले भने ‘ मैले सामान आपूर्ति गर्ने हिसाबले नियम अनुसार  ४३ लाख ९९ हजार आठ सय ७४ रुपैयाँ निकालेको छु । ‘ ठेकेदार मैनालीले पैसा निकालेको आफै स्विकारे पनि धनगढीमाईका प्रमुख प्रशासकिय अधिकृतले सबै पैसा भुक्तानी नभएको दावी गर्छन ।

गत माघ १६ गते शिलान्यास गरिएको नमुना मुसहर बस्ती जेठ १६ मा सम्पन्न भएको घोषणा गरिएपनी काम अझै धेरै बाकी रहेको मुसहर समुदायको गुनासो रहेको छ । तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत ५० लाख रुपैयाँमा दुई कोठा, भान्सा, शौचालय, बरण्डासहित जस्ता हालेका आठ घर निर्माण गर्ने उपभोक्ता समितिसँग नगरपालिकाले सम्झौता गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]