२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

एम्बुलेन्स चालकहरुको गुनासो: अरु जिल्लामा सुविधा, सिरहामा धम्की

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

मनोज बनैता
सिरहा, ११ श्रावण । संयुक्त एम्बुलेन्स चालक संघ नेपालले सिरहाका क्वारेन्टाइनमा खटिएका चालकहरूको लागि सेवा सुविधा माग गरेका छन । सरोकारवालालाई पटक पटक गुहार्दा पनि सकारात्मक पहल नभएको भन्दै संयुक्त एम्बुलेन्स चालक संघ नेपाल र सगरमाथा एम्बुलेन्स चालक एसोसिएसन सिरहाले संयुक्त रुपमा प्रेस बिज्ञपति निकालेका छन ।

कोरोना माहामारीको बेला दत्तचित्त भई अत्यावश्यक सेवा दिदै आएका एम्बुलेन्स चालकहरूले आफ्नो सुरक्षा लगायत सेवा सुबिधा बाट बन्चित हुनुपरेको गुनासो गरेका छन । सम्बन्धित निकाय संग पटकपटक गुहार्दा पनि कुनै किसिमको सहयोग नभएको चालक संघका केन्द्रिय सदस्य दिलिप कुमार दासले बताए । विभिन्न निकायहरुमा ज्ञापन पत्र बुझाएपनी हाल सम्म कुनै किसिमको आश्वासन नआएको जारी बिज्ञप्तीमा उल्लेख छ ।

रेडक्रस सोसाइटीले १२ श्रावण देखि पुनः क्वारेन्टाइनमा खट्नै पर्ने अन्यथा सिडियोलाई भनी सम्पुर्ण एम्बुलेन्स झिकाईदिने धम्की दिएको भन्दै सगरमाथा एम्बुलेन्स चालक एसोसिएसनका उपाध्यक्ष ओम प्रकाश महतोले असन्तुष्टि जाहेर गरेका छन । अन्य जिल्ला जस्तै सेवा सुविधा न दिए आफुहरु क्वारेन्टाइनमा सेवा दिन असक्षम हुने बिज्ञपति मार्फत खुलाईएको छ ।

उता रेडक्रस सोसाइटीको अनुसार कोभीडको -१९ कहरको बेला एम्बुलेन्स चालकहरू ले आफ्नो धर्म निर्वाह गर्नुपर्ने बताएका छन । सेवा सुविधा एम्बुलेन्स सम्बन्धितका संघ संस्थाले बेहोर्नु पर्ने भन्दै  रेडक्रस सिरहाले मानव स्वास्थ संग खेलवाड नगर्न अनुरोध गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगंज। वीरगंज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगंजको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ। संयुक्त अनुगमन टोलीले आज वीरगंजमा अवस्थित मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ थरिका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले […]

जनकपुरधाम । सिरहाको मिर्चैया बजारस्थित मिर्चैया अस्पतालको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु भएको आरोप लागेको छ । अस्पतालमा बिहिवार विहान ७ः३५ बजे मिर्चैया नगरपालिकाका ५ की २६ वर्षीया अल्का साहको सुत्केरी गराएको थियो । उनले छोरालाई जन्म दिइन् । तर उनलाई अत्यधिक रक्तस्राव भएपछि अस्पतालले रेफर गर्यो । आफन्तले अल्कालाई विराटनगरको नोबेल अस्पताल लगियो । […]

रुपन्देही। कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । अस्पतालको इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने भएपनि इमर्जेन्सी कक्षको बेडमा कुकुर गएर सुतेपछि डिउटीमा लापरवाही गरेको भन्दै कपिलवस्तु अस्पतालको इमर्जेन्सी फाँटका ३ जना कर्मचारी निलम्बनमा परेका हुन्। इमर्जेन्सी फाँटको बेडमा कुकुर सुतेको तस्विरसहित सामाजिक संजालमा भाइरल […]