०३ जेठ २०८१, बिहिबार
16-05-2024 , Thu
×

सिरहामा कलभर्ट मुनि एक पुरुषको लास भेटियो

Logo
प्रकाशित बिहिबार, साउन १५, २०७७

मनोज बनैता
सिरहा, १५ श्रावण ।
सिरहामा एक पुरुष मृत अवस्थामा भेटिएको छ । सिरहा नगरपालिका १० स्थित पदमपुर नरहैया सडक खण्डमा उक्त शव भेटिएको जानकारी प्राप्त भएको छ ।

प्राप्त सुचना अनुसार सिरहा नगरपालिका १० बस्ने अन्दाजी ५० वर्षिय झगरु मुखियाको लास रहेको स्थानीय वासिन्दाले बताएको छ ।

मृतक मुखिया गएको राती देखि हराई रहेको पारिवारिक श्रोतले जनाएको छ । मुखियाको शव आज बिहान कलभर्ट मुनि फेला परेको प्रत्यक्षदर्शी ले बताए ।

मृतक मुखियाको शव पोष्टमार्टमको लागी सिरहा अस्पताल लगिएको छ । जिल्ला प्रहरी कार्यलय सिरहाको अनुसार थप अनुसन्धान जारी रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालबाट टुक्रिएर बनेको जसपाले पूर्वसांसद अशोककुमार यादवलाई मधेश प्रदेश संयोजक तोकेको छ । यादवलाई मधेश प्रदेश संयोजकको जिम्मेवारी दिइएको जसपाका महासचिव एवं स्वास्थ्यमन्त्री प्रदीप यादवले जानकारी दिए । उनका अनुसार प्रदेश संयोजक यादवलाई संगठनको कामकाज गर्ने पूर्ण जिम्मेवारी दिइएको छ । यादव २०७४ सालको निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टीबाट सर्लाही […]

जनकपुरधाम ।जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता तथा पुर्व शिक्षामन्त्री महेश प्रसाद यादवले सप्तरीको दुईवटा विद्यालयको शैक्षिक भवनको शिलान्यास गरेका छन् । पुर्वमन्त्री यादवले रुपनी गाउँपालिका-३ स्थित रहेको माध्यमिक विद्यालय कटैयामा चार कोठे भवन र शम्भुनाथ नगरपालिका-२ खैरबोनास्थित रहेको आधारभुत विद्यालयमा दुई कोठे भवनको एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् । पुर्वमन्त्री यादव मधेश प्रदेश […]

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय परिषद अध्यक्ष डा.जयकान्त राउतले भारदह बहुमुखी क्याम्पसको शैक्षिक तथा प्रशासनिक भवनको शिलान्यास गरेको छ। हनुमान नगर कंकालिनी नगरपालिका-१ स्थित वीपी बिद्यालयको हाताभित्र भारदह बहुमुखी क्याम्पसको भवन निर्माण कार्यको सप्तरी निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्यको प्रत्यासी तथा राष्ट्रिय योजना आयोगका पुर्व सदस्यसमेत रहेका नेता डा.राउत्ले आइतबार एक कार्यक्रमबीच शिलान्यास […]