०३ जेठ २०८१, बिहिबार
16-05-2024 , Thu
×

हिन्दु स्वयंसेवक जनकपुरको माटो लिई अयोध्या जाने तयारीमा

Logo
प्रकाशित बिहिबार, साउन १५, २०७७

न्यूजमधेश डेस्क 
जनाकपुरधाम,१५ श्रावण । हिन्दु स्वयंसेवकहरु जनकपुरको माटो लिई अयोध्या जाने तयारी गरिरहेको जानकारी प्राप्त भएको छ । रामजन्मभूमि अयोध्या मा ५ अगस्तमा हुनगईरहेको मन्दिर को शिलान्यासमा माता जानकी मन्दिर जनकपुर को माटो आवश्यक भएको भन्दै उक्त निर्णय गरिएको हिन्दु स्वयंसेवकहरुले जनाएका छन ।

साथै जनकपुरमा आज राष्ट्रीय एकता अभियान को कार्यक्रम भव्यताको साथ सम्पन्न भएको जानकारी अभियानका एक सदस्य मनिष हिन्दुले दिएका छन । कार्यक्रम पश्चात् लगत्तै जानकी मन्दिरबाट माटो लिने कार्यक्रम गरिएको थियो ।

संसारका सम्पुर्ण हिन्दुलाई एक सुत्रमा बाध्न एकता अभियान गरिएको सदस्य मनीष हिन्दू ले जानकारी गराए । प्राप्त सुचना अनुसार माटो काठमांडू पशुपतिनाथ मा पूजा अर्चना गरी अयोध्याको लागी पठाइनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालबाट टुक्रिएर बनेको जसपाले पूर्वसांसद अशोककुमार यादवलाई मधेश प्रदेश संयोजक तोकेको छ । यादवलाई मधेश प्रदेश संयोजकको जिम्मेवारी दिइएको जसपाका महासचिव एवं स्वास्थ्यमन्त्री प्रदीप यादवले जानकारी दिए । उनका अनुसार प्रदेश संयोजक यादवलाई संगठनको कामकाज गर्ने पूर्ण जिम्मेवारी दिइएको छ । यादव २०७४ सालको निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टीबाट सर्लाही […]

जनकपुरधाम ।जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता तथा पुर्व शिक्षामन्त्री महेश प्रसाद यादवले सप्तरीको दुईवटा विद्यालयको शैक्षिक भवनको शिलान्यास गरेका छन् । पुर्वमन्त्री यादवले रुपनी गाउँपालिका-३ स्थित रहेको माध्यमिक विद्यालय कटैयामा चार कोठे भवन र शम्भुनाथ नगरपालिका-२ खैरबोनास्थित रहेको आधारभुत विद्यालयमा दुई कोठे भवनको एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् । पुर्वमन्त्री यादव मधेश प्रदेश […]

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय परिषद अध्यक्ष डा.जयकान्त राउतले भारदह बहुमुखी क्याम्पसको शैक्षिक तथा प्रशासनिक भवनको शिलान्यास गरेको छ। हनुमान नगर कंकालिनी नगरपालिका-१ स्थित वीपी बिद्यालयको हाताभित्र भारदह बहुमुखी क्याम्पसको भवन निर्माण कार्यको सप्तरी निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्यको प्रत्यासी तथा राष्ट्रिय योजना आयोगका पुर्व सदस्यसमेत रहेका नेता डा.राउत्ले आइतबार एक कार्यक्रमबीच शिलान्यास […]