१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

मुख्यमन्त्री राउतद्वारा बकरिदको शुभकामना

Logo
प्रकाशित शुक्रबार, साउन १६, २०७७

न्यूजमधेश  डेस्क
जनकपुरधाम ,१६ श्रावण । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शनिबार पर्ने इस्लाम धर्मावलम्बीको महान पर्व बकरिदको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा इद–ऊल अजहा बकरिदको अवसरमा देश विदेशमा बस्नुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दे मुख्यमन्त्री राउतले प्रदेश नं २ का साथै मुलुकमा भाइचारा र सुख शान्तिमा अभिवृद्धि होस् भनी कामना गर्नुभएको उल्लेख गरिएको छ ।

कोरोना महामारीले विश्वलाई अक्रान्त बनाएको अवस्थामा हुन गइरहेको यो पर्वले विश्वलाई कोरोनाबाट मुक्ति दिलाओस् भनी उहाँले कामनासमेत गर्नुभएको छ ।

वर्तमान महामारीको अवस्था र सरकारले ठाउँठाउँमा गरेको लकडाउनलाई पूर्ण पालना गर्नुपर्ने विषयमा जोड दिँदै मुख्यमन्त्री राउतले इस्लाम धर्मावलम्बीलाई भीडभाड नगरी आ–आफ्नै घरमा पर्व मनाउन र कोरोनाको अन्त्यका लागि प्रार्थना गर्नसमेत आग्रह गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीलगायत मुलुकको समसामयिक विषयमा विचार-विमर्श गरेको छ। पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो। बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरूले आफ्नो धारणा राखेको जसपाका प्रवक्ता मनिष सुमनले […]

महोत्तरी । महोत्तरीको रातु खोलामा भएको अवैध उत्खनन रोकिनुपर्ने माग राखेर सर्वोच्च अदालत पुगेका बर्दिबासका नागरिकको मागलाई अदालतले अनुमोदन गरेको छ । निवेदकहरूले पेस गरेको प्रमाणलाई आधार बनाएर आज सर्वोच्च अदालतले उत्खनन कार्यलाई तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ताहरू पदमबहादुर श्रेष्ठ, राजु फुयाँल, सुधनराज आचार्य, बिष्णुकुमार थोकर र सुदिपकुमार भुजेलले गरेको बहसमा […]

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न पश्चात् पूजापाठ गरेर शनिबारबाट आवतजावत खुला गरिएको छ । सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भएको सो झोलुङ्गे पुल एक हजार ५०१ मिटर लामो र चार फिट चौडाइ रहेको छ […]