न्यूजमधेश डेस्क
सिरहा ,१८ श्रावण । कोभिड १९ का कारण देखिएको रगत अभाव कम गर्न मद्दत पुर्याउने उदेश्यले विद्यार्थी जनमत संघ सिरहाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी सिरहाको प्राविधिक सहयोगमा आईतबार जनमत विद्यार्थी संघ सिरहाका अध्यक्ष अरबिन्द सहनीको अध्यक्षतामा जनमत पार्टी सिरहाको कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० जना सहभागि भएका विद्यार्थी नेता नवरतन साहले जनाकारी दिए ।

कोभिडका कारण देखिएको रगत अभावलाई कम गर्ने उदेश्यले रक्तदान कार्यक्रम राखिएको उनले बताए ।

रक्तदान कार्य अहिले सिरहामा देखिएको रगत अभाव नियन्त्रण गर्न योगदान पुगेको संघका अध्यक्ष सहनीले विश्वास व्यक्त गरे ।

सो रक्तदान कार्यक्रममा जनमत विद्यार्थी संघका केन्द्रीय अध्यक्ष पोषण यादव,संघका केन्द्रीय सदस्य दिपेन्द्र कुमार यादव र नवरतन साहसमेतले रक्तदान गरेको छ ।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक  :मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता
वरिष्ठ सल्लाकार : बिपी साह
वरिष्ठ सल्लाकार : श्रवण देव
वरिष्ठ सल्लाकार : सन्तोष जादब

सम्पर्क

सम्पर्क कार्यालय :जनकपुरधाम ( भानु चौक )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected]

Copyright © 2018-2020 News Madhesh