१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

नेपालमा थप १४० जना कोरोनाबाट निको भएर घर फर्के

Logo
प्रकाशित सोमबार, साउन २६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२६ श्रावण । नेपालमा पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार४९३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ३५३ थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगंज। वीरगंज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगंजको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ। संयुक्त अनुगमन टोलीले आज वीरगंजमा अवस्थित मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ थरिका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले […]

जनकपुरधाम । सिरहाको मिर्चैया बजारस्थित मिर्चैया अस्पतालको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु भएको आरोप लागेको छ । अस्पतालमा बिहिवार विहान ७ः३५ बजे मिर्चैया नगरपालिकाका ५ की २६ वर्षीया अल्का साहको सुत्केरी गराएको थियो । उनले छोरालाई जन्म दिइन् । तर उनलाई अत्यधिक रक्तस्राव भएपछि अस्पतालले रेफर गर्यो । आफन्तले अल्कालाई विराटनगरको नोबेल अस्पताल लगियो । […]

रुपन्देही। कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । अस्पतालको इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने भएपनि इमर्जेन्सी कक्षको बेडमा कुकुर गएर सुतेपछि डिउटीमा लापरवाही गरेको भन्दै कपिलवस्तु अस्पतालको इमर्जेन्सी फाँटका ३ जना कर्मचारी निलम्बनमा परेका हुन्। इमर्जेन्सी फाँटको बेडमा कुकुर सुतेको तस्विरसहित सामाजिक संजालमा भाइरल […]