१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

राहत वितरणमा अनियमितताः छानबिनको माग

Logo
प्रकाशित बिहिबार, साउन २९, २०७७

राजु विश्वकर्मा
सिरहा , २९ श्रावण । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि स्थानीय तहले गरेको खर्चमा अनियमितता भएको भन्दै स्थानीयवासीले छानबिनको माग गरेका छन् ।

सिरहाको औरही गाउँपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणको नाममा अनियमितता गरेको भन्दै स्थानीयवासीले छानबिन गर्न माग गरेका हुन् ।

औरही गाउँपालिका– ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन अगाडि प्लेकार्डसहित युवाले हिजो प्रदर्शन गर्दै कोरोना भाइरस नियन्त्रणका नाममा ठूलो अनियमितता भएकाले छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।

यस्तै कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका नाममा सिरहाको लहान नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै नेपाली काँग्रेसका नेता महेश चौधरीले सूचना माग गर्नुभएको छ ।

नेपाली काँग्रेसका राज्यव्यवस्था समितिका सदस्यसमेत रहनुभएका चौधरीले लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम भुसालसँग सूचना माग गर्नुभएको हो । सूचनाको हक प्रयोग गरी सूचनाका लागि नगरपालिकामा निवेदन दर्ता गराएको चौधरीले जानकारी दिनुभयो ।

कोरोना महामारीका बेला जनप्रतिनिधि र कर्मचारीले लिएको भत्ता नामावलीसहित प्रकाशित गर्न, इन्धन खर्च, क्वारेन्टिन व्यवस्थापनका लागि खरिद गरिएको सामग्रीको खरिद मूल्य र कोरोना नियन्त्रण गर्न गरेको खर्च विवरण खरिद मूल्यसहित सूचना माग गरिएको छ ।

त्यस्तै कोरोना सङ्क्रमण नियन्त्रण तथा राहत वितरणका बेला बजार मूल्यभन्दा बढीमा समान खरिद गरिएको भन्दै सिरहा नगरपालिकामा केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]