२९ बैशाख २०८१, शनिबार
11-05-2024 , Sat
×

भारतमा एकैदिनमा ५७ हजार सङ्क्रमणमुक्त

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

न्यूजमधेश सम्बादाता
नयाँदिल्ली,३१ श्रावण । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकैदिनमा ५७ हजार जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतको केिन्द्रय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५७ हजार ३८१ पुगेको छ ।
मन्त्रालयका अधिकारीहरुले कोरानाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको संख्या पछिल्लो समय भारतमा बृद्धि हुदै गएको जनाएका छन् ।

सङ्क्रमणमुक्त भएकाहरु मध्ये केही अस्पतालमा उपचार गराईरहेका सङ्क्रमितहरु रहेका छन् भने केही घरमै आइसोलेसनमा बसेकाहरु रहेका छन् ।

भारतमा अहिलेसम्म झण्डै १८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरुले जानकारी दिएका छन् । मन्त्रालयद्धारा जारी प्रेस वक्तव्यमा १८ लाख ८ हजार ९३६ जना सङ्क्रमणमुक्त भएको उल्लेख गरिएको छ ।

अधिकारीहरुका अनुसार भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या छ लाख ६८ हजार २२० रहेको छ । यो संख्या कुल सङ्क्रमितको २६।४५ प्रतिशत मात्रै हो ।

भारतमा सङ्क्रमणमुक्त हुनेहरुको संख्या जसरी बढीरहेको छ परीक्षण गर्ने क्रम पनि उत्तिकै बढाईएको छ । पछिल्लो २४ घण्टामा आठ लाख ६८ हजार ६७९ जनाको परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् । योसँगै भारतमा अहिलेसम्म दुई करोड ८५ लाख मानिसको कोरोना परीक्षण गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको एम्बुलेन्स नगर प्रमुख विशेश्वर यादवले जनकपुरधामस्थित आफ्नो नीजि घरमा थन्काएर राखेको पाइएको छ । बिरामीलाई सहज रुपमा अस्पताल पुर्याउन खरिद गरिएको एम्बुलेन्स दुई महिनादेखि जनकपुरधाम थन्काएर राखेको पाइएको हो । मेयरले एम्बुलेन्स घरमा थन्काएर राख्दा सर्वसधारण सास्तीमा पर्ने गरेका छन् । नगरका नागरिकहरु बाध्य भएर चर्को शुल्क तिरेर अन्य पालिकाको […]

वीरगंज। वीरगंज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगंजको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ। संयुक्त अनुगमन टोलीले आज वीरगंजमा अवस्थित मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ थरिका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले […]

काठमाडौं । किसानको मागको समर्थनमा संयुक्त किसान मोर्चालगायत धेरै किसान संगठनहरूले शुक्रबार भारत बन्दको घोषणा गरेका छन् । संयुक्त किसान मोर्चाले गरेको ग्रामीण भारत बन्दको आह्वानमा यो बन्द गरिएको हो । ग्रामीण बन्दका कारण आज कृषिसम्बन्धी सबै काम बन्द रहने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द […]