२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

नरसिंह हिन्दु सेनाका सप्तरी अध्यक्ष विष्णु प्रताप साहलाई विना शर्त रिहा गर्न समर्थकहरुको माग 

Logo
प्रकाशित मंगलबार, भाद्र ०२, २०७७

सिरहा, २ भदौ । नरसिंह हिन्दु सेनाका सप्तरी अध्यक्ष विष्णु प्रताप साहलाई प्रहरीले पक्राउ गरेको भन्दै उनका समर्थकहरुले विरोध जनाएका छन । सामाजिक अपराधको विरोधमा प्रहरीमा उजुरी गर्न जाँदा उल्टै हिन्दु र मुस्लिम समुदायबीच अफवाह फैलाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको समर्थकहरुको आरोप रहेको छ ।

साहले समाजिक अपराध विरुद्ध आवाज उठाउदा समाजिक सद्भाव खलबलाएको भन्दै सप्तरी प्रहरीले उनलाई गिरफ्तार गरेको समर्थकहरुको भनाई रहेको छ ।  सप्तरीको कडरवोनास्थित एक किशोरीलाई विगत १ वर्षदेखि सोही स्थानका एक ४० बर्षिय पुरुषले सताइरहेको, दुःख दिरहेको जानकारी पाएपछि साहले प्रहरीमा उजुरी गर्न गएको बेला उनलाई पक्राउ गरिएको बताइएको छ । किशोरीलाई दुःख दिने पुरुषलाई कार्वाहीको माग गर्दै स्थानीय प्रहरीमा रिपोर्ट गर्न जाँदा सताउने व्यक्तिको समुदायले सो कुराको भनक पाएर पहुँचबाला व्यक्तिसँगको दबाबमा साहलाई तत्कालै पक्राउ गरिएको साहको तर्फबाट वकालत गरिरहेका अधिबक्ता विनोद पाण्डे जानकारी दिए ।

जाहेरी बिना नै उजुरी गर्न गएको साहलाई उल्टै पक्राउ गरी थुनामा राखिएको उनका समर्थकहरुले जनाएका छन् । इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरिक्षक राजाराम केसरीले सामाजिक संजालमा शान्ती सुरक्षा माथि आँच आउने किसिमको सामग्री राखेपछि प्रहरी प्रतिबेदनको आधारमा उनी माथि मुद्दा चलाएको बताए ।

यता, उनका समर्थकहरुले  प्रदेश २ का मुख्यमन्त्री राउतको दबाब र प्रभावमा परेर नेपाल प्रहरीले उनलाई बिना कारण पक्राउ गरिएको सामाजिक संजालहरुमा लेख्दै आएका छन् ।

फेसबुक र ट्वीटरमा साहको समर्थकले विष्णु प्रताप साहलाई रिहा नगरे यसपछि सृजना हुने अवस्थाको जिम्मेवारी मुख्यमन्त्री लालबाबू राउतले लिनुपर्ने चेतावनी समेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]