२४ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

राजविराजका पूर्वउपप्रधानपञ्चको निधन

Logo
प्रकाशित शुक्रबार, भाद्र ०५, २०७७

न्यूजमधेश डेस्क
सप्तरी ,५ भदौ । राजविराज नगरपालिकाका पूर्वउपप्रधानपञ्च मुरारी उपाध्यायको ७६ वर्षका उमेरमा आज निधन भएको छ ।

नेपाली काँग्रेस सप्तरीका पूर्वक्षेत्रीय सभापतिसमेत रहनु भएका उपाध्यायको उपचारका क्रममा काठमाडौंँको ग्राण्डी हस्पिटलमा मृत्यु भएको उहाँको परिवारका सदस्यले जनाएका छन् ।

बिद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उपाध्याय विसं २०४४ वैशाखमा भएको निर्वाचनमा राजविराजको उपप्रधानपञ्चमा निर्वाचित हुनुभएको थियो ।

विसं २०४३ साल चैतमा भएको निर्वाचनमा राजविराजका चार वडामा धाँधली भएको जनाउँदै अनशनलगायत आन्दोलन सफल भएपछि २०४४ वैशाखमा राजविराजका सबै वडामा पुनःनिर्वाचन भएको थियो ।

बिरामीको सेवा र अस्पतालमा कुरुवा बस्न अन्तिम समयसम्म अग्रसर रहने उपाध्याय निडर, क्रान्तिकारी र सामाजिक व्यक्तित्व भएको उहाँसँगै प्रधानपञ्च बन्नुभएका गोविन्द सिंहले बताउनुभयो ।

ज्वरो र निमोनिया भएपछि एक साताअघि उपचारका लागि उहाँ काठमाडौंँ जानुभएको थियो । उपाध्यायका श्रीमती, दुई छोरा र ३ छोरी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]