१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

सरकारको राष्ट्रिय आकांक्षालाई कर्मचारीले पूरा गर्नुपर्छ : मन्त्री त्रिपाठी

Logo
प्रकाशित सोमबार, भाद्र २२, २०७७

न्यूजमधेश सम्बादाता
काठमाडौं, २२ भदौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सरकारको राष्ट्रिय आकांक्षा पूरा गर्न लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल नारालाई मूर्तरुप प्रदान गर्न कर्मचारीले प्रतिबद्ध भएर काम गर्नुपर्ने बताएका छन् ।

आज १७ औं निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सरकारले तय गरेका ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल नारालाई पूर्णरुप प्रदान गरी राष्ट्रको समृद्धि र सुशासन कायम राख्न निजामती कर्मचारी सक्षम, प्रविधिमैत्री, अनुशासित, मर्यादित र कामप्रति प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।

उनले देशको समग्र विकास र नागरिकको सेवामा समर्पित कर्मचारी स्थायी सरकारका रुपमा काम गर्दै सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक तुल्याउनुपर्ने बताए ।

मन्त्री त्रिपाठीले यस वर्ष कोभिड–१९ का कारणले सरकारले लक्ष्य गरेबमोजिमको उद्देश्य हासिल गर्न नसके पनि यस रोगको सङ्क्रमण, रोकथाम तथा नियन्त्रणको अग्रपङ्क्तिमा रहेर निजामती कर्मचारीले अतुलनीय योगदान गरेको स्मरण गरे ।

उनले राजनीति र प्रशासनबीच पछिल्लो समयमा विभिन्न मतभेद रहे पनि राजनीति र प्रशासनको स्पष्ट सीमारेखा तय गरी राज्यको समग्र विकासमा दुवै पक्ष अगाडि बढेमा राष्ट्रको बृहत्तर हित हुने बताए ।

राजनीतिक नेतृत्वले लिएको लक्ष्य एवं उद्देश्य प्राप्तिमा राष्ट्रसेवक कर्मचारीले आफ्नो जिम्मेवारीमा सदैव अग्रसर हुन सकेमा स्थायी सरकारका रुपमा रहेको सार्वजनिक प्रशासनको श्रीवृद्धि गर्न दिवसले सबैलाई उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

उनले निजामती सेवालाई थप व्यावसायिक, स्वच्छ, सक्षम, पारदर्शी, निष्पक्ष, भ्रष्टाचाररहित, जनमुखी र परिमाणमुखी बनाउनु आजको आवश्यकता रहेको उल्लेख गरे ।

शुभकामना सन्देशमा मन्त्री त्रिपाठीले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारीमा उच्च मनोबल कायम राख्न विद्यमान सेवा, शर्त, वृत्ति विकास र अवसरमा विभेद नहुने गरी संसद्मा विचाराधीन रहेको सङ्घीय निजामती सेवा ऐन जारी गर्ने र त्यसकै मार्गदर्शनमा रहेर प्रदेश निजामती एवं स्थानीय सेवा ऐन जारी गर्ने समेत बताए ।

यस वर्षको ‘स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ दिवस आज मनाइँदैछ । सरकारले निजामती सेवा ऐन २०१३ भदौ २२ गते जारी भएको दिनको सम्झनामा दिवस २०६१ सालदेखि मनाउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

काठमाडौं। माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो। प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ।