०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक नियुक्त गर्न माग गर्दै रिले अनशन

Logo
प्रकाशित आइतबार, कार्तिक ०९, २०७७

न्यूजमधेश सम्बादाता
रौतहट,९ कार्तिक । दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक नियुक्त गर्न माग गर्दै एच पी एस फाउन्डेसनका संयोजक हेम प्रसाद साहले रिले अनशन सुरु गरेको छ ।

फाउन्डेसन संयोजक साहका अनुसार झन्डै साढे सात लाख जनसंख्या रहेको रौतहट जिल्लाको एक मात्र जिल्ला अस्पताल रहेको छ।त्यसमा पनि सरकारले तोकेको ९ विशेषज्ञ को दरबन्दी हुँदाहुँदै एक जना मात्र विशेषज्ञ डाक्टरले सेवा दिएर जनताको ज्यानसँग खेलवाड गरेको भन्दै रिल अन्सन सुरु गरिएको हो ।

दरबन्दी अनुसारको ९ वटै विशेषज्ञ डाक्टर तत्काल जिल्ला अस्पताल रौतहट गौरमा पठाइ सेवा सुचारु गराउन एचपी एस फाउन्डेसनका संयोजक हेमप्रसाद साहको अगुवाइमा आइतबार बिहान ११ बजेदेखि अस्पतालको मुलगेटमा रिले अन्सन बसेको छ ।

जनताको स्वास्थ प्रति स्थानीय, प्रदेश तथा संघीय सरकार गम्भीर नभएकालेदवाब स्वरुप आज देखि रिले अन्सन सुरु गरिएको संयोजक साहले बताएका छन् ।

दरबन्दी अनुसारको चिकित्सक हाजिर नभए सम्म प्रत्येक दिन बिहान ११ः०० बजे देखि ४ः०० बजे सम्म जिल्ला अस्पताल गौर को गेटमा रिले अनशन जारी रहने उनको भनाइ छ ।

रौतहट जिल्ला अस्पताल गौरमा ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हाल एकजना डाक्टर कृष्ण साहले मात्र सेवा दिरहेको अन्सनमा सहभागी युवा महमद समसादले जानकारी दिएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]