२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

प्रदेश १ मा ३४ वटा पक्की घर सुकुम्वासी परिवारलाई हस्तान्तरण

Logo
प्रकाशित शनिबार, कार्तिक २२, २०७७

न्यूजमधेश डेस्क
विराटनगर,२२ कार्तिक । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मोरङको ग्रामथान गाउँपालिका–७ मा एकीकृत नमूना बस्ती ‘जनता आवास कार्यक्रम’ अन्तर्गत शुक्रबार ३४ वटा तीन कोठे घर सुकुम्वासी परिवारलाई हस्तान्तरण गर्नुभयो ।

ग्रामथान गाउँपालिका–७ नयाँबस्तीका ३४ सुकुम्वासीलाई जस्तापाता लगाएको शौचालयसहित तीन कोठे नयाँ पक्की घर हस्तान्तरण गरिएको हो । सुनसरी मोरङ सिँचाइ आयोजनाअन्तर्गत नहरको डिलमा बसेका सुकुम्वासीको घर आयोजनाले भत्काएपछि घरवारविहीन भएका उनीहरुलाई घर हस्तान्तरण गरिएको हो ।

सांसद अमनलाल मोदीको निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास कार्यक्रम तराई मधेश समृद्धि कार्यक्रम र ग्रामथान गाउँपालिकाको रु तीन करोड चार लाख ४१ हजारको लागतमा घर निर्माण गरिएको हो । दुई वटा घर निर्माणधीन अवस्थामा रहेकाले पछि हस्तान्तरण गरिने सोही अवसरमा बताइयो ।

मुख्यमन्त्री राईले घर हस्तान्तरण गर्दै आवासविहीन सुकुम्वासीलाई सरकारले सुरक्षित बसोबासका लागि घर निर्माण गर्ने बताउनुभयो । उहाँले भूमिहीन किसानलाई जग्गा दिन भूमि आयोगले काम शुरु गरिसकेको छ भन्नुभयो । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकार जनताको जीवनस्तर अगाडि बढाउन शिक्षा, स्वास्थ्यमा उनीहरुको पहुँच पु¥याएर स्वरोजगार बनाउन कटिबद्ध रहेको छ भन्नुभयो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले सुकुम्वासी, आदिवासी र सीमान्तकृत जनताको जीवनस्तर उकास्न सीपमूलक रोजगार कार्यक्रम ल्याइएको बताउनुभयो । सांसद अमनलाल मोदीले तीन तहको सरकारले निर्माण गरेको नमूना बस्तीमा उचित रेखदेख गरी बसोबास गर्न आग्रह गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पदबाट कुनै हालतमा राजीनामा नदिने बताएका छन् । नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम मुख्यमन्त्री कार्कीले संविधानको रक्षा र जनताको हक अधिकार स्थापित गर्न सरकार निर्माण गरेको बताए । मुख्यमन्त्री कार्कीले सबै दललाई नयाँ वर्ष २०८१ मा सर्वदलीय सरकार […]

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश लगातार छैटौं खेलमा पनि पराजित भएको छ । गण्डकीले जितको लागि दिएको १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा कोशी १५.२ ओभरमा २५ रन मात्र बनाउदै अलआउट भयो । कोशीका कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यो प्रधानमन्त्री कप इतिहासकै सबैभन्दा कम योगफल […]