०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

अनुदानमा च्याउको बीउ

Logo
प्रकाशित बुधबार, मंसिर १०, २०७७

न्यूजमधेश डेस्क
सप्तरी ,१० मंसिर । पौष्टिकतत्वयुक्त र स्वास्थ्यबद्र्धक मानिने च्याउको खेतीतर्फ सप्तरीका कृषकको आकर्षण बढेको छ । कृषकको आकर्षण बढेपछि च्याउखेतीलाई प्रोत्साहन गर्न कञ्चनरुप नगरपालिकाले नगरभित्रका कृषकलाई अनुदानमा च्याउको बीउ वितरण गर्न थालेको छ । नगरपालिकाको कृषि विकास शाखाले इच्छुक कृषकलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण शुरु गरेको कृषि विकास शाखाका वेचन सढोक यादवले जानकारी दिनुभयो ।

नगरपालिकाको १२ वटै वडाका स्थानीय कृषक, कृषि फर्म तथा समूहलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गरिरहेको कृषकले बताएका छन् । किसानको समस्यालाई हल गर्न खेतमै गई प्राविधिकले सल्लाह सुझावसमेत दिने गरेको कृषक राजकिशोर महतोले बताउनुभयो । कञ्चनरुप नगरपालिका–१२ रुपनगरका कृषक पुष्प कार्कीले रु ५० हजार लगानीबाट एक मौसममा रु एक लाखसम्मको आम्दानी गरेको बताउनुभयो ।

निर्वाहमुखी कृषि खेती गर्दै आइरहेका कृषकलाई व्यावसायिक कृषक बनाउन अनुदानमा च्याउको बीउ वितरण गरिएको कञ्चनरुप नगरपालिकाले जनाएको छ । च्याउखेती गर्नेले छोटो समयमै कम लगानीमा बढी आम्दानी गर्नसक्ने भएकाले कृषकको आकर्षण बढेपछि अनुदानमा बीउ वितरण गरिएको नगरप्रमुख वसन्तकुमार मिश्रले बताउनुभयो । नगर प्रमुख मिश्रका अनुसार उन्नत प्रविधिको प्रयोग गरी च्याउखेती गर्न कृषकलाई निकट भविष्यमा आवश्यक तालीम सञ्चालन गरिने बताउनुभयो ।

पराले च्याउखेती गर्न घरको कोठा नै चाहिन्छ भन्ने छैन । यसको खेती घरबाहिर खेतबारी, रूखको छहारी वा खरका छाप्रोअर्थात् टहरामा पनि गर्न सकिने प्राविधिकको भनाइ छ । गाउँमा आफ्नै घर वरपरका घाम नलाग्ने छहारीमा यसको खेती गर्न सकिन्छ । यसका लागि सिधा घाम र धेरै हावा लाग्ने ठाउँ भने उपयुक्त हुँदैन । च्याउखेती गर्न माटोको सतह अन्यत्रको भन्दा केही अग्लो हुनुपर्छ । जमीनमा पानी जम्न दिनुहुँदैन । च्याउको ब्याड बनाउने सतहमा इँटा वा ढुङ्गाको लाइन छापेर, काठ वा घाँसको फ्रेमजस्तो राख्नुपर्दछ । त्यसमाथि परालका मुठाको चाङ लगाउनुपर्दछ । च्याउको ब्याडको चारैतिर सानो कुलो बनाएर पानी जमाउनुपर्दछ । यसले गर्दा च्याउको ब्याडमा मुसा र अन्य कीरा जान रोकिन्छ । साथै, यसले च्याउको ब्याडलाई ओसिलो बनाइराख्नसमेत सहयोग पुग्छ । ठाउँको बचत गर्न तीन तला गरी ब्याड बनाउन सकिन्छ तर, यसका लागि प्रशस्त मात्रामा उज्यालोपन चाहिने यादवले बताउनुभयो ।

च्याउमा प्रोटिन, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । बोसो नगन्य मात्रामा पाइने च्याउलाई पौष्टिक खानाको रूपमा लिइन्छ । अन्य तरकारी खेतीको तुलनामा च्याउखेती कम लगानीमा बढी उत्पादन हुने भएकाले कृषकको आकर्षण बढ्दै गएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाको भनाइ छ । यसअघि पनि कञ्चनरुप नगरपालिकाले मौसमी तथा बेमौसमी तरकारी, फलफूल, धान, मकैलगायत अन्य प्रकारका बीउबिजन तथा धानको गवारो आदिको विषादी अनुदानमा वितरण गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]