अर्जुन थपलिया
केपी ओलीले अरुलाई जूनकीरी र आफुलाई सूर्य बराबर ठान्दछन् । माधव र प्रचण्ड भन्छन् , जुन शहर निर्माण गर्न अथक परिश्रम गरियो त्यस शहरमा आफ्ना लागि बस्ने एउटा घर पनि छैन । अर्थात पार्टीमा पाटीको बास भयो ।
प्रधानमन्त्री केपी ओलीलाई पार्टीभित्र कसैले मुख खोलेको मन पर्दैन । उनका समर्थक, सल्लाहकार र मन्त्रीहरु दाँत माझ्ने र खानेबेला पनि न्यूनतम मात्रै मुख खोल्छन् । प्रधानमन्त्री ओलीले चुट्का भनेर झड्का दिएको बेला भने गलल हाँसेर उनले भनेका जोक तथा उखान टुक्काको गरिमा बढाउन मुख खोल्न पाइन्छ । अन्यथा अन्य समयमा मुख खोल्नेहरुलाई ओलीले भूमिकाविहीन बनाएर नयाँ वानेस्वर चोकतिर हल्लिएर हिँड्ने बनाउँछन् ।

संवैधानिक परिषद्को बैठक बोलाउन जसरी आध्यादेश ल्याइयो त्यसैबाट सावित हुन्छ, केपी ओलीको शासन शैलीमा जवरजस्तीपन छ । आध्यादेश ल्याउने समय , सन्दर्भ र तरिकाबाटै ज्ञात हुन्छ उनी पार्टी एकतालाई धुलिसात पार्ने हदसम्म अगाडि जान सक्छन् । कमरेड प्रचण्ड र माधव नेपाल पनि कम छैनन् । दुवै पक्षले एक अर्काको गर्धनमा प्रहार गर्दैछन् । एक पक्षले अर्को पक्षको शुक्ष्मदर्शक यन्त्रले नदेखिने गल्तीलाई डाइनासोर जत्रो बनाएर प्रस्तुत गर्दैछन् । दुवै पक्षले एकअर्काको बेइजति गर्न नाङ्गो नाच प्रदर्शन गर्दैछन् । तर पनि आपूmलाई सभ्य, शिष्ट र कुलीन भन्दैछन् । मानौ कम्युनिष्ट शब्दकोषमा नागा नाचे मैदानको अर्थ मारुनी नाच हुन्छ ।
गुट उपगुट कसैको हातमा पनि पत्थर देखिदैन । नेकपाका नेता तथा कार्यकर्ता माथिदेखि भूईं तहसम्म सवै अहिंसाका पूजारी देखिन्छन् । तर कसैको खप्पर पनि सुरक्षित छैन । हरेकको भाग्य रक्ताम्मे देखिन्छ । सत्ता भोगको अभिलाषा र रहरभन्दा पनि अरुले सत्ता भोगेको देखेर भाउन्न भएको प्रतीत हुन्छ । मनुष्य स्वर्ग भोग्न पाएर पनि खुशी हुँदैन । आपूm स्वर्ग भोग्दै गर्दा आफ्ना बिरोधीहरुले आँखै अगाडि नर्क भोग्नु परेको देखेर मात्र मानव हृदय सम्पूर्ण रुपमा तृप्त हुन्छ । केपी ओली आपूmले सत्ताभोग गरेर पनि पूर्ण खुशी भएनन् । उनले प्रचण्ड र माधव नेपालले नर्क भोगेको देख्न चाहे । नत्र सहपाठीलाई यति धेरै उपेक्षा, मानमर्दन र दमन गर्ने थिएनन् । माधव नेपाल र प्रचण्डलाई पनि ओलीको सत्ताभोग असह्य भएको मात्र हो । कार्यकर्तालाई भनिदै छ हामी पार्टीमा बाहार ल्याउने कोसिस गर्दैछौं । तर उनीहरुको प्रयास तहसनहस पार्ने धुन्धकारी प्रवृति हो । सत्य त के हो भने नेकपाभित्र यतिबेला आँशु उत्सव छ । तर कार्यकर्तालाई बनावटी राजनीतिको देखावटी झाँकी देखाइँदै छ । कार्यकर्ता पनि तिलस्मी शक्तिको भेउ नबुझे जस्तो एकत्रित भएर चटक हेरिरहेका छन् । तमासाको रमाइलो आनन्द लिइरहेका छन् ।
केपी ओलीको भनाइ छ पर्खिनुस् । तर उनले पर्खिनुस् भनेको अर्थ,राजनीतिमा आफ्नो कद बराबर अहिले कोही छैन । तत्कालै कसैको कद तन्काएर आपूm बराबर बनाएको उनलाई मञ्जुर छैन । केपी ओलीले अरुलाई जूनकीरी र आपूmलाई सूर्य बराबर ठान्दछन् । माधव र प्रचण्ड भन्छन् , जुन शहर निर्माण गर्न अथक परिश्रम गरियो त्यस शहरमा आफ्ना लागि बस्ने एउटा घर पनि छैन । अर्थात पार्टीमा पाटीको बास भयो । प्रधानमन्त्री केपी ओली पार्टीभित्र सिसाको अदालत खोलेर बसेका छन् । प्रचण्ड र माधव नेपाल हातमा ढुंगा बोकेर तारिख लिन गएका छन् । लाग्छ परिस्थिति निरन्तर तेज गतिमा दौडी रहेको छ र दौड बरबादीतर्फ उन्मुख छ ।

केपी ओलीको शैली भारतीय व्यङ्गकार मुस्ताक अहमद युसुफीले लेखे जस्तो भयो । उनले शिकार शैलीको वर्णन गर्दै लेखेका छन् एक गोलीले सय चरा मार्ने कला थियो मिर्जामा । गोली लागेर एउटा चरा मथ्र्यो । पाँच सातवटा त बन्दुक पडकेको धमाकाले मथ्र्यो र बाँकी चरा अरु चरा मरेको देखासिखीमै मर्थे । ओलीले प्रचण्डलाई कायल पारेपछि माधव नेपाल धमाकामा गल्ने र बाँकी दोश्रो पुस्ता त तर्साएरै कावुमा राख्न सकिने ओलीको अनुमान थियो । तर सधै रणनीति सटिक प्रयोग हुँदैन र सफल रहँदैन । आगो बल्न बेर लागेन । जमेको राजनीतिक हिउ पग्लियो । सर्वशक्तिमान केपी ओलीको पैतालामुनिको जमिन भासियो । अल्पमतमा यस्तरी झरे जसरी लुडो गोटी उनानसयबाट झरेर तल्लो तलामा पुग्छ । अब त देखिदैछ । समय ढल्न समय लाग्दैन । हेरौं समयले प्रधानमन्त्री ओलीलाई कति समय प्रदान गर्छ । प्रधानमन्त्री ओलीले माधव नेपाल र प्रचण्डलाई राजनीतिको ससिम कित्ता दिन्छन् कि कित्ताकाट गरेर चिरा लगाउँछन् । सग्लै पार्टी जिम्मा लगाउँछन् की अंश मात्र दिन्छन् । विवश भएर ओली बहिर्गमन हुन प¥यो भने उनले सत्ताको कम्बल भिजाएर हस्तान्तरण गर्नेछन् । माधव नेपाल र प्रचण्डको लागि टुक्रिएको पार्टी भिजेको कम्बल सरह हुनेछ । ओढ्न मिल्ने छैन । टुक्रिएको पार्टीले सत्ताको सिंहासन दिलाउने छैन । माधव प्रचण्डले कर्मी माहुरीले मरेको साथीलाई डुँड बाहिर मिल्काए जस्तो ओली मात्रलाई पार्टीबाट हुत्याउन सक्ने छैनन् ।
दोश्रो पुस्ताका नेताहरुले सोच्नु पर्ने थियो । शिखा निभाए पनि दीयो त सुरक्षित रहोस् । पुनः सल्काउन सकिन्छ । तर सवैका ओंठ सिलाई गरिएको जस्तो देखिन्छ नत्र पार्टी फुटको हुँकार यति चर्को सुनिने थिएन । कम्युनिष्ट पार्टीमा नेतृत्वको अगाडि दोश्रो पुस्तामा यतिविघ्न मौनताको संसकृति रहनु हुँदैन । दिग्भ्रमित र मौन कार्यकर्तापंक्ति देखेर कम्युनिष्ट पार्टी जस्तो नै देखिदैन । जिब्रो काटेर बोल्ने स्वतन्त्रता दिइएको छ । पखेटा काटेर उड्ने छुट दिइएको छ । तर पनि दोश्रो पुस्ता खुशी देखिन्छन् । गुलामीमा अभ्यस्त देखिन्छन् । नत्र पार्टीको हुर्मत लिइदा दोश्रो पुस्ता रचनात्मक भूमिकामा देखिनुपथ्र्यो ।

माधव नेपालले प्रचण्डलाई स्वर्ण मृग देखिरहेका छन् । एक दिन नेपाल पनि झल्यास्स हुनेछन् जव उनले प्रचण्डको मामा मारिचको रुप देख्नेछन् । नेपाली राजनीतिमा सिद्धान्त र दर्शनलाई किनारामा राखेर रणनीतिक च्यााँखेदाउ खेल्ने सर्वाधिक माहीर खेलाडी प्रचण्ड नै हुन् । बामदेवलाई वागी बनाएर तत्कालीन एमाले फुटाएर लुट्नसम्म फाइदा लुटे । कांग्रेस फुटाएर गिरिजा प्रसाद कोइराला देउवाको अन्तरबिरोधमा पनि खुब खेले । राजा र दलहरुलाई फुटाएर राजतन्त्रलाई मासे । प्रधान शत्रु बिरुद्ध साहायक शत्रुको प्रयोगको कला कसैको दिमागमा जीवित छ भने ती हुन् प्रचण्ड ।

सवैलाई थाहा छ स्वर्ण मृग कही हुँदैन । तर पनि मनुष्य भित्रको राम स्वर्ण मृगको पछि कुदिहाल्छ । स्वर्णमृगको पछि कुद्ने हो भने सीताको चोरी भएरै छोड्छ । सत्ताको पछाडि सिद्धान्त, दर्शन,नीति र कार्यक्रम सवैलाई तिलाञ्जली दिएर कुद्ने हो भने राजनीतिक पतन अवस्वयंभावी छ । पार्टीको एकता वा फmुट जे भए पनि अब सिद्धान्त , दर्शन, नीति र कार्यक्रम मा आधारित हुँदैन । सत्ताभोगको अवसरहरुको भागवण्डामा सहमति हुने छ वा विग्रह । राजनीतिले पहिरन फेरेको छ । नेकपाको अहिलेको विवादको अन्तिम परिणाम के होला ? धेरैले भरोसा व्यक्त गर्छन् कि पार्टी फुट्दैन । जवकी पार्टी एक रहने संकेत झीनो मात्र देखिन्छ । राजनीति प्रेमिकाले लामो कालो कपाल चटक्क पारेर कोर्दा उषाको लाली देख्ने र कपाल फिजारिदा रात परेको देख्ने साहित्यको लालित्य होइन । राजनीतिमा धुवाँ निस्किनुको अर्थ आगो बलेको विज्ञानसम्मत कारण हुन्छ । कार्यकर्ताले कामना गरेको भरमा पार्टी एकजुट रहँदैन । कारण र परिणाम विज्ञानमा सँगसँगै हुन्छ । पार्टी फुट्यो भने अन्तिम परिणाम भनेको नेकपालाई ‘ अन्तिम प्रणाम ’ हुने छ । नेकपाका सकल दर्जाका र सवै पुस्ताका महारथीहरुलाई हेक्का रहोस् ।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक  :मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता
वरिष्ठ सल्लाकार : बिपी साह
वरिष्ठ सल्लाकार : श्रवण देव
वरिष्ठ सल्लाकार : सन्तोष जादब

सम्पर्क

सम्पर्क कार्यालय :जनकपुरधाम ( भानु चौक )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected]

Copyright © 2018-2021 News Madhesh