२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

युवाको दबावले घर फर्किए महासेठ

Logo
प्रकाशित शुक्रबार, पुष १०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० पुस।प्रदेश नम्बर २ को राजधानी जनकपुरधाममा गत पुस ७ गते केपी ओली समर्थक युवा संघद्वारा भब्य कार्यक्रमको आयोजना गरियो ।

पार्टी फुटने अन्तिम अबस्था पुगेपछी त्यस दिन प्रधानमन्त्रीले महेश बस्नेत, निरु पाल, राजीब पहाडी, रमेश पौडेल, किरण पौडेल र संजिब झा समेतका युवाहरुलाइ बालुवाटार बोलाएर अब प्रचण्ड माधाब नेपाल टुक्रियर जाने सूचना दिदैं देश भर युवा परिचालन गरेर आफ्नो पक्षमा माहौल बनाउन निर्देशन दिए ।

त्यसपछि युवा आन्दोलनका आइकन महेश निरु र राजिब अनि बर्तमान नेतृत्व रमेश र किरण देश दौडाहाहो प्रथम गन्तव्य जनकपुरधाम नै बनाए । जनकपुर आएर उनीहरुले पार्टीबारे व्यापक अभियान चलाउनुपर्ने, पार्टी कार्यालय र पार्टीको सम्पत्ति रक्षा गर्दै अघि बढ्नुपर्ने, बिगतमा युवा संघले गरेको जस्तै नेता कार्यकर्ता समर्थकको सुरक्षामा ध्यान दिनुपर्ने औंल्याए ।

धनुषाको कार्यक्रमलाई बिशेष महत्व र प्रथमिकताका साथ तयारी गर्न स्वयं महेश बस्नेतको आदेशमा संजिब झा, दिनेश सिंह, आरपी यादब, अभिसेख अग्रवाल, आनन्द झा, मो. रीयाज साफी, दिपनारायण साह, रोशन कर्ण, रोशन मण्डल, रामशंकर यादब लगायतका टिम निरन्तर लागिरहे । काठमाडौ बाट रमेश आचार्य, रामजी सापकोटा र अशोक चौलागाईं ३ दिन अगाडी देखि खटिएका थिए ।

प्रधानमन्त्री ओलीले पछिल्लो बेला रघुबीर महासेठको भुमिका फरक देखिएको र मधेसी दलका धेरै नेता कार्यकर्ता नेकपा प्रबेश गर्ने तयारी गरेको अबस्था र बिगतमा पार्टीको बारेमा अनेक भ्रम र के पी ओलीको बारेमा पनि अनेक भ्रम फिजाइएकोले यो सबै पक्षलाई ध्यान दिएर कार्यक्रम भब्य बनाउ माथिबाट महेश बस्नेतलाई विशेष भुमिका दिइयो भने स्थानीय तहमा संजिब झालाई जिम्मा दिइएको थियो ।

कार्यक्रमको भब्यताले लक्षित ३ उद्देश्य मध्ये रघुबिर महासेठ फिर्ता ल्याउने र मधेशमा पार्टी र ओलीको भ्रम चिर्न धेरै हद सम्म सफल भएको उनीहरुको दावी छ । तेस्रो उद्देश्य मधेसी नेता कार्यकर्ताहरुलाई पार्टी प्रबेश गराउने प्रायासले के सार्थकता पाउछ त्यो भने हेर्न बाँकी छ । जे होस जनकपुरको कार्यक्रमले केपी ओली पक्षको नेकपामा निकै उर्जा थपिएको विश्लेषण गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]