०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाको शक्ति प्रदर्शन

Logo
प्रकाशित आइतबार, पुष १२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१२ पुस।प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आइतबार जनकपुरधाममा शक्ति प्रदर्शन गरेको छ ।

जसपाको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । जसअन्तर्गत पुस १० मा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन, पुस ११ मा मसाल जुलुस र पुस १२ मा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।

पुस ५ मा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै चौतर्फी विरोध सुरु भएको छ ।

जनकपुरधामको जनक चौकमा जसपाका नेता कार्यकर्ताहरु जमघट भएर राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपि ओलि शर्माको विरुद्धमा नाराबाजी गर्दै जकपुरको विभिन्न चौक परिक्रमा गरेर पुर्न जनक चौकमा कोणसभामा परिन्त गरेको छ।

सो कोणसभामा २ नम्बर प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल ,प्रतिनिधिसभा सदस्य प्रमोद साह,प्रदेश सांसद शैलेन्द्र यादव,प्रदेश सांसद चमेली देवि दास,जसपाका केन्द्रिय सदस्य संजय चौधरी ,जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह,जसपाका धनुषा उपाध्यक्ष  युवा नेता सुनिल यादवलगाइतका नेता कार्यकर्ताहरुले आ-आफ्नो मन्तव्य व्यक्त गरेका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]