१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसद्वारा धनुषामा प्रदर्शन

Logo
प्रकाशित सोमबार, पुष १३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ पुस।प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस धनुषाले वर्तमान सरकारको अलोकतान्त्रिक र असंवैधानिक कदम रहेको भन्दै विरोध प्रर्दशन गरेको छ । देशव्यापी विरोध कार्यक्रम अन्तरगत धनुषाको चारवटै निर्वाचन क्षेत्रमा काँग्रेसले विरोध प्रदर्शन गरेको हो ।

धनुषाको क्षेत्र नम्बर १ को धनुषाधाममा काँग्रेसका नेता आनन्द ढुंगाना, क्षेत्र नम्बर २ को यदुकुहामा नेता रामकृष्ण यादव, धनुषाको क्षेत्र नम्बर ३ को नगराईनमा प्रदेश नम्बर २ का संसदीय दलका नेता रामसरोज यादव र क्षेत्र नम्बर ४ को महेन्द्रनगरमा नेता महेन्द्र यादव सहितले कोणसभामा सम्बोधन गरेका थिए ।

कांग्रेसका नेताहरुले विकास र परिर्वतनका नाममा सिन्को समेत भाँच्न नसक्दा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताए । उनले संसद विघटन गर्नु लोकतन्त्र र संविधानको खिल्ली उडाउनु मात्रै भएको आरोप लगाए ।

संसद विघटन गरेर ओलीले देश र जनतालाई ठूलो धोका दिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]