०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

प्रदेश २ मा ओली समुहको जनलहर ,पुर्वमाओवादीलाई ठुलो झटका

Logo
प्रकाशित बुधबार, पुष १५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ पुस।नेकपाको प्रचण्ड– माधव नेपाल समूहले प्रदेश २ संसदीय दलमा आफ्नो पकड बलियो रहेको दाबी गरिरहेको वेला पूर्वमाओवादी पृष्ठभूमिका ६ सांसदले केपी ओली समूहमा लागेको घोषणा गरेका छन् । बुधबार वीरगन्जमा आयोजित प्रदेश २ स्तरीय ओली पक्षमा भेलामा उनीहरू सहभागी भएका हुन् ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित तथा तत्कालीन माओवादीका संसदीय दलका नेता रामचन्द्र मण्डलसहित ६ जना प्रचण्ड पक्षधर सांसदहरू ओलीतर्फ लागेका हुन् । मण्डलसँगै सिराहाको निर्वाचन क्षेत्र नम्बर ४(क) बाट निर्वाचित दिलीपकुमार साह, रौतहटको ३ (ख)बाट निर्वाचित कुन्दनप्रसाद कुसवाहा र बाराको ३(क)बाट निर्वाचित ज्वालाकुमारी साह ओली समूहमा लागेका हुन् ।

त्यसैगरी, पूर्वमाओवादीको कोटामा समानुपातिक प्रदेश सांसद बनेका बाराका मोहम्मद समीर र सिराहाका फुलियादेवी सदाय पनि ओली समूहमा लागेका छन् ।

नेकपाका प्रदेश २ अध्यक्ष प्रभु साह ओली समूहमा लागेसँगै उनीहरूले पनि प्रचण्ड समूहको साथ छाडेका हुन् । प्रदेश सभामा पूर्वमाओवादी पृष्ठभूमिका ११ र पूर्वएमाले पृष्ठभूमिका २१ सासद छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]