२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

प्रदेश २ मा ओली समुहको जनलहर ,पुर्वमाओवादीलाई ठुलो झटका

Logo
प्रकाशित बुधबार, पुष १५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ पुस।नेकपाको प्रचण्ड– माधव नेपाल समूहले प्रदेश २ संसदीय दलमा आफ्नो पकड बलियो रहेको दाबी गरिरहेको वेला पूर्वमाओवादी पृष्ठभूमिका ६ सांसदले केपी ओली समूहमा लागेको घोषणा गरेका छन् । बुधबार वीरगन्जमा आयोजित प्रदेश २ स्तरीय ओली पक्षमा भेलामा उनीहरू सहभागी भएका हुन् ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित तथा तत्कालीन माओवादीका संसदीय दलका नेता रामचन्द्र मण्डलसहित ६ जना प्रचण्ड पक्षधर सांसदहरू ओलीतर्फ लागेका हुन् । मण्डलसँगै सिराहाको निर्वाचन क्षेत्र नम्बर ४(क) बाट निर्वाचित दिलीपकुमार साह, रौतहटको ३ (ख)बाट निर्वाचित कुन्दनप्रसाद कुसवाहा र बाराको ३(क)बाट निर्वाचित ज्वालाकुमारी साह ओली समूहमा लागेका हुन् ।

त्यसैगरी, पूर्वमाओवादीको कोटामा समानुपातिक प्रदेश सांसद बनेका बाराका मोहम्मद समीर र सिराहाका फुलियादेवी सदाय पनि ओली समूहमा लागेका छन् ।

नेकपाका प्रदेश २ अध्यक्ष प्रभु साह ओली समूहमा लागेसँगै उनीहरूले पनि प्रचण्ड समूहको साथ छाडेका हुन् । प्रदेश सभामा पूर्वमाओवादी पृष्ठभूमिका ११ र पूर्वएमाले पृष्ठभूमिका २१ सासद छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]